भायानेटकाे नयाँ अफर : ७५ एमबीपीएस इन्टरनेट र भायाटिभीको मज्जा प्रति महिना मात्र रू ८०० मा
- गाउँ सहर संवाददाता
- १२ फाल्गुण बिहीबार, २०७८ | १६:१४:०० मा प्रकाशित

काठमाडौं । भायानेटले भायाटिभी सहित मिनी प्याकको नयाँ अफर सुरू गरेको छ । अब ग्राहकहरूले रू ८०० मा ७५ एमबीपीएसको इन्टरनेट प्याकेजको मासिक सब्स्क्रिप्शन सँगै निःशुल्क भायाटिभी पनि प्राप्त गर्नेछन् ।
सुपथ मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा चाहने ग्राहकहरूलाई लक्षित गरी भायनेटले यो मिनी प्याक उपलब्ध गराएको छ । यस अफर मार्फत ग्राहकहरूले उच्च–गतिको इन्टरनेटको साथ–साथै मनोरञ्जनात्मक च्यानलहरू दुवैको लाभ लिन सक्नेछन् । भायाटिभीद्वारा ग्राहकहरुले १७५+ च्यानलहरू, चलचित्र र टेलि श्रृंखलाहरू हेर्न सक्नेछन् ।
यसअघि भायनेटले मिनी प्याकमा ७५ एमबीपीएस हाई स्पीड इन्टरनेट सहित निःशुल्क एनसेल सिम र ४८ जीबी मोबाइल डाटा उपलब्ध गराएको थियो । ग्राहकले अझै पनि रु ८०० प्रति महिनामा यो अफरको मज्जा लिन सक्ने जनाइएको छ ।
यसबाहेक भायाटिभीको सेट–उप बक्समा ‘पज एन्ड प्ले’ को सुविधा रहेको छ जस मार्फत प्रयोगकर्ताहरूले लाइभ टिभी कार्यक्रमहरू पज गरि पछि हेर्ने फाइदा लिन सक्नेछन्। मिनी प्याकका सब्स्क्राइबर हरूले भायाटिभी को सेवा आफ्ना मोबाइल उपकरणहरूमा पनि प्राप्त गर्न सक्छन् । प्रयोगकर्ताहरूले गुगल प्लेस्टोर वा एप्पल एप स्टोर मार्फत भायाटिभी एप डाउनलोड गरी आफ्नो उपकरणहरू बाट भायाटिभी को सुविधाहरू लिन सक्ने भायानेटले जानकारी दिएको छ ।
उच्च–गतिको इन्टरनेटको अन्य योजनाहरू अन्तर्गत, भायानेटले अल्ट्रा–फाई इन्टरनेट प्याकहरू पनि उपलब्ध गराई रहेको छ । अल्ट्रा–फाई प्याक को मुख्य विशेषता भनेको १७५ एमबीपीएस इन्टरनेट योजना हो जसको सब्स्क्रिप्शनमा २ वटा भायाटिभी हरू पनि उपलब्ध छन् । यसको मूल्य मात्र रू १२५० प्रति महिना रहेको छ ।
मिनी प्याक मार्फत भायनेटले सामान्य उपभोक्ताहरू मात्र नभई उच्च गतिको इन्टरनेट चाहने उपभोक्ताहरूको विशेष आवश्यकता पनि पूरा गर्ने आशा राखेको छ ।
थप जानकारीको लागि यस लिंकमा जानुहोस : https://www.vianet.com.np/mini/
भायानेट नेपालको एक अग्रणी इन्टरनेट र टिभी सेवा प्रदायक हो र यसले आफ्ना ग्राहकहरूलाई व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनका लागि नयाँ र नवीनतम इन्टरनेट सुविधाहरू प्रदान गर्दै आएको कम्पनीले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस