स्वास्थ्य
उपत्यकामा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि
- गाउँ सहर संवाददाता
- ११ फाल्गुण बुधबार, २०७८ | १६:५२:०० मा प्रकाशित

काठमाडाैं । पछिल्लो २४ घण्टामा उपत्यकामा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार काठमाडौँमा ६७, भक्तपुरमा १० र ललितपुरमा १० संक्रमित थपिएका हुन् ।
देशभर गत २४ घण्टामा ३१२ संक्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ ।
आज ९११ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन् ।
बितेकाे २४ घन्टामा ५ हजार १०३ पीसीआर तथा ३ हजार ५९० एन्टिजेन परीक्षण भएको मन्त्रालयले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस