स्वास्थ्य
उपत्यकामा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि
- गाउँ सहर संवाददाता
- ११ फाल्गुण बुधबार, २०७८ | १६:५२:०० मा प्रकाशित
काठमाडाैं । पछिल्लो २४ घण्टामा उपत्यकामा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार काठमाडौँमा ६७, भक्तपुरमा १० र ललितपुरमा १० संक्रमित थपिएका हुन् ।
देशभर गत २४ घण्टामा ३१२ संक्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ ।
आज ९११ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन् ।
बितेकाे २४ घन्टामा ५ हजार १०३ पीसीआर तथा ३ हजार ५९० एन्टिजेन परीक्षण भएको मन्त्रालयले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस