कांग्रेस रामेछाप-काठमाडाैं सम्पर्क समितिद्वारा शनिवार रक्तदान कार्यक्रम गर्दै
- गाउँ सहर संवाददाता
- ९ फाल्गुण सोमबार, २०७८ | २१:४७:०० मा प्रकाशित
काठमाडाैं । विश्वभर फैलिएको कोभिड- १९ संक्रमण गर्न केही अघिसम्म लगाएकाे लकडाउन र निषेधाज्ञा भरखर खुल्ला भएपछि रगतको अभाव न्यूनीकरण गर्न नेपाली कांग्रेस रामेछाप-काठमाडाैं सम्पर्क समितिले रक्तदान कार्यक्रम गर्न लागेकाे छ ।
फागुन १४ गते शनिवार समितिले काठमाडाैंकाे म्याकडोनाल्ड क्याफे मध्यबानेश्वरमा रक्तदान कार्यक्रम गर्न लागेकाे सम्पर्क समितिका सभापति राजनारायण श्रेष्ठले जानकारी दिए ।
उक्त अवसरमा रामेछापबाट विभिन्न पेशा-व्यवसाय गरेर राजधानीमा बस्दै आएका नेपाली कांग्रेससँग आवद्ध भातृसंघ/सुभेच्छुक संस्थाका नेता तथा कार्यकर्ता र अन्यलाई पनि खुला रक्तदानमा सहभागी भइ धेरैभन्दा धेरै रगत संकलनमा सहयाेग गर्न सभापति श्रेष्ठले आग्रह गरे ।

“मानवताको सेवानै जीवनको सर्वोत्तम कार्य हो- रक्तदान जीवन दान” भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएकाे रक्तदानमा उत्साजनक सहभागीकाे अपेक्षा गरिएकाे समितिका सचिव सुकदेव खड्काले बताए ।
रेडक्रस सोसाइटी काठमाडौंको प्राविधिक सहयोग रहनेछ ।
कांग्रेस समर्थक सम्पर्क समितिले विभिन्न सामाजिक कार्यमा सक्रियता देखाउँदै आएकाे छ । यसअघि काेभिडकाे बेला सम्पर्क समितिले जिल्लाका स्थानीय निकायहरूमा स्वास्थ्य सामाग्री सहयाेग गरेकाे थियाे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
प्रतिकृया दिनुहोस