कांग्रेस रामेछाप-काठमाडाैं सम्पर्क समितिद्वारा शनिवार रक्तदान कार्यक्रम गर्दै
- गाउँ सहर संवाददाता
- ९ फाल्गुण सोमबार, २०७८ | २१:४७:०० मा प्रकाशित

काठमाडाैं । विश्वभर फैलिएको कोभिड- १९ संक्रमण गर्न केही अघिसम्म लगाएकाे लकडाउन र निषेधाज्ञा भरखर खुल्ला भएपछि रगतको अभाव न्यूनीकरण गर्न नेपाली कांग्रेस रामेछाप-काठमाडाैं सम्पर्क समितिले रक्तदान कार्यक्रम गर्न लागेकाे छ ।
फागुन १४ गते शनिवार समितिले काठमाडाैंकाे म्याकडोनाल्ड क्याफे मध्यबानेश्वरमा रक्तदान कार्यक्रम गर्न लागेकाे सम्पर्क समितिका सभापति राजनारायण श्रेष्ठले जानकारी दिए ।
उक्त अवसरमा रामेछापबाट विभिन्न पेशा-व्यवसाय गरेर राजधानीमा बस्दै आएका नेपाली कांग्रेससँग आवद्ध भातृसंघ/सुभेच्छुक संस्थाका नेता तथा कार्यकर्ता र अन्यलाई पनि खुला रक्तदानमा सहभागी भइ धेरैभन्दा धेरै रगत संकलनमा सहयाेग गर्न सभापति श्रेष्ठले आग्रह गरे ।
“मानवताको सेवानै जीवनको सर्वोत्तम कार्य हो- रक्तदान जीवन दान” भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएकाे रक्तदानमा उत्साजनक सहभागीकाे अपेक्षा गरिएकाे समितिका सचिव सुकदेव खड्काले बताए ।
रेडक्रस सोसाइटी काठमाडौंको प्राविधिक सहयोग रहनेछ ।
कांग्रेस समर्थक सम्पर्क समितिले विभिन्न सामाजिक कार्यमा सक्रियता देखाउँदै आएकाे छ । यसअघि काेभिडकाे बेला सम्पर्क समितिले जिल्लाका स्थानीय निकायहरूमा स्वास्थ्य सामाग्री सहयाेग गरेकाे थियाे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस