तोलामा आठ सयले बढ्यो सुनकाे मूल्य
- गाउँ सहर संवाददाता
- १० फाल्गुण मंगलबार, २०७८ | १२:००:०० मा प्रकाशित

काठमाडाैं । नेपाली बजारमा सुनको मुल्य प्रतितोला आठ सय रुपैयाँले बढेको छ । केहि दिनदेखि लगातार बढिरहेको सुनको मूल्य सोमबार भने ४ सय रुपैयाँ घटेको थियो भने आज फेरी बढेको हो । मंगलबार सुन प्रति प्रतितोला ९७ हजार रुपैयाँमा बारोबार भएको छ भने तेजावी सुन प्रतितोला ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मुल्य १३१५ रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार सोमबार सुनको मुल्य प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आइतबार सुन तोलामा एक सय रुपैयाँ वृद्धि भएको भएर ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, गत शुक्रबार ९६ हजार ५ सय रुपैयाँ कारोबार भएको थियो । चाँदी पनि तोलामा १५ रुपैयाँले बढेको । चाँदी सोमबार एक हजार ३ रुपैयाँमा कारोबार भइरहेको थियो ।
एक हप्ता अघि सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम गरिएको थियो भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला १२८० मा कारोबार भएकोमा थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस