गाउँ सहर

घरकाे छतबाट खसेर एक जनाकाे मृत्यु

काठमाडाैं । घरकाे छतबाट खसेर एक जनाकाे ज्यान गएकाे छ । भक्तपुरको सल्लाघारी यातायात कार्यालय नजिक बस्ने ७८ वर्षीय दीपककुमार भुसालको आफ्नै घरको पहिलो तलाबाट खसेर ज्यान गएकाे हाे । सोमबार बिहान अचानक खस्न गई गम्भीर घाइते भई उपचारका लागि डा.ईवामुरा अस्पताल सल्लाघारी लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ । 

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ । 

 

गाउँ सहर संवाददाता