महालक्ष्मी विकास बैंकका ग्राहकले होटल दियालो फुडल्यान्डमा छुट पाउने
- गाउँ सहर संवाददाता
- ९ फाल्गुण सोमबार, २०७८ | १३:१२:०० मा प्रकाशित
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र होटल दियालो फुडल्यान्ड एण्ड पार्टी प्यालेस प्रालिबीच सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सम्झौताअनुसार महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुले होटलका विभिन्न सेवाहरुमा आकर्षक छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका सेवाग्राही थप लाभान्वित हुने विश्वास बैंकले लिएको छ । साथै बैंकले विभिन्न शाखाहरुबाट जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बैंकका प्रवक्ता दीपेश लम्सालले जानकारी दिए ।
बैंकले प्रदेश नं १ मा ५, मधेस प्रदेशमा १५, बाग्मतीमा ३७, गण्डकीमा ९, लुम्बिनीमा १८, कर्णालीमा २ र सुदुरपश्मिमा १७ गरी कुल १०३ वटा शाखामार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवा सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस