३३ लाख ठगी गर्ने एक जना प्रहरी नियन्त्रणमा, एक अझै फरार
- गाउँ सहर संवाददाता
- ८ फाल्गुण आइतबार, २०७८ | १४:१७:०० मा प्रकाशित

काठमाडाैं । प्रहरीले रकम ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेकाे छ । कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई छुटाइदिने प्रलोभनमा ठूलो रकम ठगी गर्ने एक व्यक्तिलाई सुनसरीबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएकाे छ ।
पक्राउ पर्नेमा इटहरी–२० का ३९ वर्षीय जसबहादुर लिम्बू रहेका छन् ।
लिम्बू र इटहरी–१२ का भरत चौधरीले न्यायाधीश र प्रहरीसँग राम्राे सम्बन्ध रहेको भन्दै अभियुक्तका परिवारसँग ३३ लाख रुपैयाँ ठगी गरेकाे र चौधरी भने फरार रहेकाे प्रहरीले जनाएकाे छ ।
पक्राउ परेका लिम्बू र फरार चौधरीले कर्तव्य ज्यान मुद्दामा तेर्हथुम कारागार चलान भएका अभियुक्त दाजुभाइ सुरेन्द्र पुरी र बालकृष्ण पुरीलाई छुटाउन परिवारसँग उक्त रकम ठगी गरेकाे प्रहरीले जानकारी दिएकाे हाे । प्रहरी उपरीक्षक थापाले खनारमा बसोबास गर्दै आएका सुरेन्द्रकी श्रीमती तारा कार्की पुरीसँग लिम्बू र चौधरीले विभिन्न समयमा रकम लिएको जानकारी दिएका छन् । ताराले उक्त रकम सम्बन्धित दुवै व्यक्तिलाई भेटेर र आईएमईमार्फत बुझाएको प्रहरी अनुसन्धानमा देखिएको प्रहरीले जनाएकाे छ ।
हालसम्म पनि पुरी दाजुभाइलाई कारागारबाट बाहिर निकाल्न नसकेपछि ताराले घटनाबारे प्रहरीलाई जानकारी गराएकाे प्रहरीले बताएकाे छ ।
सुनसरी अदालतबाट म्याद थप गरेर लिम्बूमाथि थप अनुसन्धान गरिने र उनलाइ ठगी मुद्दामा जेल चलान गरिने प्रहरीले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस