विश्वकप छनोट खेलमा नेपालकाे लगातार दाेस्राे जित
- गाउँ सहर संवाददाता
- ७ फाल्गुण शनिबार, २०७८ | १७:०९:०० मा प्रकाशित

काठमाडौं । लगातार दोस्रो विजय हात पारेपछि नेपाल आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गतकाे सेमिफाइनल नजिक पुगेकाे छ ।
शनिवार नेपालले फिलिपिन्सलाई १ सय ३६ रनले पराजित गर्दै सेमिफाइनल नजिक पुगेको हाे ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा २ सय १९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै मात्र ८२ रन जोड्याे ।
नेपालको यो लगातार दोस्रो जित हो । यस अघि नेपालले आयोजक ओमानलाई ३९ रनले पराजित गरेको थियो ।
नेपालविरुद्ध फिलिपिन्सका लागि जोर्डन अलेग्राले २७, ड्यानियल स्मीथले २०, कप्तान जोनाथन हिलले ११, कपिल कुमारले ४ रन जोडे ।
नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए ।
गुल्सन झा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, अविनाश बोहरा, जितेन्द्र मुखियाले एक–एक विकेट लिए ।
यस अघि ओमानको अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय १८ रन जोड्यो ।
नेपालका लागि कुशल भुर्तेलले १ सय ४ रनमा अविजित रहे ।
कुशलले ६१ बल खेल्दा १३ चौका र १ छक्का हिर्काए ।
कुशलको टी–ट्वान्टी अन्तर्राष्ट्रियमा यो सर्वाधिक रन हो । यस अघि उनले ७७ रन बनाएका थिए ।
कुशल नेपालबाट शतक बनाउने तेस्रो खेलाडी हुन् ।
यसअघि नेपालबाट ज्ञानेन्द्र मल्लले ५५ बलमा १ सय ७ रन तथा पारस खड्काले ५२ बलमा १ सय ६ रन बनाएका थिए ।
दिपेन्द्र सिंह ऐरीले ८३ रन जोडे । उनले ४७ बलमा ६ चौका र ४ छक्का हिर्काए । कुशल र दिपेन्द्रले नेपालका लागि टी–ट्वान्टीको सर्वाधिक रनको साझेदारी गरे ।कुशल र दिपेन्द्रले १ सय ७१ रनको साझेदारी गरे ।
यस अघि पारस खड्का र आरिफ शेखले सिंगापुरविरुद्ध १ सय ४५ रनको साझेदारी गरेका थिए ।
लोकेश बम ६ रनमा अविजित रहे । कुशल मल्लले १२ रनमा आउट भए । आशिफ शेख शुन्य रनमै आउट भएका थिए ।
फिलिपिन्सका लागि गुर्धुपिन्दर चोहान, मिग्गी पोडोस्की र ड्यानियल स्मीथले एक–एक विकेट लिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्री प्रचण्डले पाए प्रतिनिधि सभामा विश्वासको मत
- यस्तो छ स्ववियु निर्वाचनको नतिजा
- शेयर बजार : एक अर्ब बढीको कारोबारमा २२ अंकले बढ्यो नेप्से
- प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने : एमाले उपनेता नेम्वाङ
- संसद प्रत्यक्ष प्रशारण : प्रधानमन्त्रीले विश्वासको मत लिँदै
- विश्वासको मत दिने कि नदिने भन्नेबारे निर्णय गर्न एमाले संसदीय दलको बैठक
- घट्यो सुनको मूल्य, १ लाख ९ हजार ३०० रुपैयाँ कायम
- प्रहरीका ५ जना डीआईजी बढुवा गर्ने सिफारिस, मन्त्रिपरिषद्ले सदर
- नवनिर्वाचित उपराष्ट्रपति यादवको शपथ र निवर्तमान उपराष्ट्रपति पुनलाई बिदाइ
- प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिंदै
प्रतिकृया दिनुहोस