आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको अर्द्ध-वार्षिक समीक्षाः व्यापार घाटाको आकार बढ्याे (पूर्ण पाठसहित्)
- गाउँ सहर संवाददाता
- ६ फाल्गुण शुक्रबार, २०७८ | १९:२५:०० मा प्रकाशित

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा प्रतिवेदन सार्वजनिक गरेकाे छ ।
यस अघि कोभिड–१९ महामारीबाट मानव जीवन र आर्थिक गतिविधि प्रभावित भइरहेको अवस्थामा समष्टिगत आर्थिक तथा वित्तीय स्थायित्व कायम राख्दै अर्थतन्त्रको पुनरुत्थानमा सघाउ पु-याउने मुख्य उद्देश्यका साथ आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति २०७८ साउन २९ गते सार्वजनिक गरिएको थियो ।
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा २०७८ मंसिर १० गते गरिएको थियो । कोभिड–१९ संक्रमण दर कम हुँदै गएसँगै आर्थिक गतिविधि विस्तार भइरहेकोमा नयाँ भेरिअन्टको कोभिड संक्रमण देखापरिरहेको हुँदा स्वास्थ्य सावधानी अपनाँउदै आर्थिक क्रियाकलापहरु सुचारु राख्नुपर्ने अवस्था रहेको नीतिमा बताइएकाे छ ।
चालु आर्थिक वर्षको ६ महिनामा आर्थिक पुनरुत्थानसँगै आयातमा पनि उल्लेख्य वृद्धि भएको माैद्रिक नीति समीक्षामा उल्लेख छ । समीक्षाानुसार निर्यातको वृद्धिदर उच्च रहेतापनि यसको आधार सानो भएकाले व्यापार घाटाको आकार बढेको छ । यस अवधिमा विप्रेषण आप्रवाहमा समेत संकुचन आएकाले शोधनान्तर स्थिति घाटामा रहनुको साथै विदेशी विनिमय सञ्चिति घटेको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि हुनुको साथै उपभोग्य वस्तुको मूल्यमा समेत वृद्धि भएको छ । तसर्थ, नेपालमा पनि हाल मूल्यमा चापको स्थिति रहेको छ । यो प्रवृत्ति कायम रहेमा मुद्रास्फीतिलाई लक्षित सीमाभित्र राख्ने कार्य चुनौतीपूर्ण हुने देखिएकाे उल्लेख छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप परिचालनको तुलनामा कर्जा विस्तार उच्च रहेकोले तरलता व्यवस्थापनमा दबाब परेको छ । तसर्थ, आन्तरिक एवम् वाह्य क्षेत्र सन्तुलन कायम राख्न सीमित वित्तीय साधनलाई उत्पादन अभिवृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता विकासका क्षेत्रमा परिचालन गर्न जोड दिनुपर्ने आवश्यकता बैंकले गरेकाे छ ।
चालु आर्थिक वर्षको ६ महिनासम्मको आर्थिक तथा वित्तीय स्थिति, मौद्रिक नीतिमा उल्लिखित नीति तथा कार्यक्रमहरूको कार्यान्वयन अवस्था, नेपाल सरकारको चालुआर्थिक वर्षको बजेटको अर्द्ध–वार्षिक मूल्याङ्कन र राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय आर्थिक परिदृश्यलाई ध्यानमा राखी मौद्रिक नीतिको योसमीक्षा प्रतिवेदन सार्वजनिक गरिएको राष्ट्र बैंकले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस