निर्वाचन आयोगद्वारा स्थानीय तह निर्वाचन आचारसंहिता तयार
- गाउँ सहर संवाददाता
- ६ फाल्गुण शुक्रबार, २०७८ | १२:०१:०० मा प्रकाशित

काठमाडाैं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको आचारसंहिता तयार पारेको छ । आयोगले विहिबार आचारसंहितालाइ अन्तिम रुप दिएको हो । आयोगका सवै पदाधिकारीले आचारसंहिता टुग्गो लगाई हस्ताक्षर गरेका छन् । आचारसंहितामा स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन सरकारी पेश्की र बेरुजू फर्स्योट गरेको हुनुपर्ने प्रावधान राखेको छ ।
आचार संहिताको बुँदा नम्बर ४६ मा भनिएको छ- उम्मेदवारले आफू निर्वाचित वा मनोनित वा नियुक्त भएको निकायको कुनैपनि प्रकारको पेश्की फर्स्योट गरेको हुनुपर्ने छ ।
त्यस्तै लेखापरीक्षणबाट उम्मेदवार हुने व्यक्तिको नाममा बेरुजू देखिएमा फर्स्योट गरेको हुनुपर्ने छ ।
आयोगले टुंग्गो लगाएको आचारसंहिता अनुसार, उम्मेदवार हुने व्यक्तिले स्थानीय तहको पदाधिकारीबाट राजिनामा दिनुपर्ने प्रावधान पनि संहितामा राखेको छ । आचार संहिताको बुँदा नम्बर ३६ मा भनिएको छ – कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व, नियन्त्रणमा रहेको, स्थानीय तहबाट अनुदान प्राप्त संस्ठामा सुविधा वा पारिश्रमिक पाउने गरी वहाल रहेका निर्वाचित र मनोनित पदाधिकारीले स्ठानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्नु अगावै वहाल रहेको पदबाट राजिनामा गर्नुपर्ने छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एसियन कप छनोट: नेपाल र श्रीलंका खेल्दै
- सेयर बजारमा दोहोरो अंकले वृद्धि
- भुटानमाथि नेपालकाे शानदार जित
- राैनक श्रीवास्तवकाे शानदार ब्याटिङमा नेपालले भुटानलाई दियाे ३५९ रनकाे लक्ष्य
- अब पेट्रोल र डिजेलकाे मूल्य कति तिर्नपर्छ ?
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
- नेप्से परिसूचक एक अंकले बढ्याे
- रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
- मन्त्रिपरिषद् बैठकका १५ निर्णय
- कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा
प्रतिकृया दिनुहोस