अर्थतन्त्र

आज पनि बढ्याे सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ त काराेबार ?

काठमाडाैं । नेपाली बजारमा आज प्रतितोला सुनको मूल्य ४०० रुपैयाँमा बढेको छ । बिहीबार प्रतितोला ९६ हजार १०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार ९६ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ । 

 महासंघका अनुसार सार्वजनिक गरेको मूल्यसूचीअनुसार आज तेजाबी सुन प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार हुनेछ । बिहीबार यो गुणस्तरको सुनको मूल्य ९५ हजार ६०० रुपैयाँ तोकिएको थियो । 

चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेको छ । हिजो प्रतितोला १२९५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १३०५ रुपैयाँ तोकिएको महासंघले जनाएकाे छ ।

गाउँ सहर संवाददाता