त्रिविका आंशिक प्राध्यापकको मुद्धा स्वतः स्थाई बन्न होइन, ज्याला—समानता र न्यायको आन्दोलन हो
- गाउँ सहर संवाददाता
- ५ फाल्गुण बिहीबार, २०७८ | २०:२८:०० मा प्रकाशित
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुको आन्दोलन केवल ज्यालाको, समानताको र न्यायको आन्दोलन भन्दै आंशिक प्राध्यापकहरुले मागलाई जनमानसमा भ्रम फैल्याउन स्वतः स्थायी भनी वक्तब्य बाजी गरेको त्रिवि आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिले बताएको छ ।
बिहीबार उसले एक विज्ञप्ति जारी गरी सो कुरा बताएकाे हो ।
विज्ञप्तिमा १७ वर्षदेखि आंशिक प्राध्यापकहरुलाई कुनै न कुनै बहानामा जेन्युन माग सार्दै आएको र वक्तब्य बाजीको सहारा लिएर आंशिक प्राध्यापकहरुलाई धम्क्याउने प्रयास गरिएको बताइएको छ ।
उसले विश्वविद्यालयमा ४ हजार ५०० जानको हाराहारीमा दरबन्दी खाली भएपनि र त्रिवि शिक्षक कर्मचारी सेवा सम्बन्धी नियम २०५० को दफा १० क मा रिक्त दरबन्दीमा ६ महिनादेखि १ वर्ष अस्थाई र २ वर्षसम्म करार नियुक्त गर्ने स्पष्ट नियमलाई कुल्चिएको बताएको छ ।
जारी विज्ञप्तिमा समितिले असमान ज्याला, बौद्धिक शोषण, श्रम शोषण, अत्याचार, अन्याय र विभेद गरेको बताउँदै भ्रम सिर्जना र धम्क्याउनुको साटो सम्झौता कार्यान्वयन गरेर, वार्ता र सम्वाद गरेर निकास निकाल्न आग्रह गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
प्रतिकृया दिनुहोस