बसको ठक्करबाट दुईजना पैदलयात्रु, एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु
- गाउँ सहर संवाददाता
- ५ फाल्गुण बिहीबार, २०७८ | ११:३४:०० मा प्रकाशित
काठमाडौं । बालाजुमा बसले ठक्कर दिँदा दुईजना पैदलयात्रुको मृत्यु भएको छ । मिनीबसको ठक्करबाट घाइते भएको दुईजना पैदलयात्रुलाई अस्पताल लैजाने क्रममा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
बालाजु गंगा हल अगाडि दुर्घटना भएको महाशाखाका प्रवक्ता संजीव शर्मा दासले जानकारी दिए । मृत्यु हुनेमा रसुवाका १८ वर्षीय विकास तामाङ र नाम नखुलेकी महिला छन् ।
मिनीबसले ठक्कर दिएर फरार रहेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । दुर्घटना विहान ६ बजे भएको हो ।
एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु
महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा एम्बुलेन्सको ठक्करबाट बुधबार साइकलयात्रीको मृत्यु भएको छ । गौशाला नगरपालिका–११ का ३५ वर्षीय तेजनारायण महतोको मृत्यु भएको हो ।
गौशालाबाट रामनगरतर्फ जाँदै गरेको महतो सवार साइकललाई सोही दिशाबाट आउँदै गरेको स१च १३९३ नम्बरको एम्बुलेन्सले पछाडिबाट ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जानकारी दिएको छ ।
बुधबार बेलुका करिब पौने ८ बजे भएको सवारी दुर्घटनामा संलग्न एम्बुलेन्स चालकलाई एम्बुलेन्ससहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जन्मदिनमा छोराको १७ लाखको जीवन बीमा, एजेन्सी म्यानेजर धमालाको उदाहरणीय पहल
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
प्रतिकृया दिनुहोस