वातावरण

आजकाे माैसम कस्ताे रहला ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिम न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

देशको पहाडी भू–भागमा आंशिक बदली छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश नम्बर–१ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

महाशाखाका अनुसार प्रदेश–१ को पहाडी भू–भागका एक–दुई स्थानहरूमा छिटपुटदेखि हल्का वर्षा र सो प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

गाउँ सहर संवाददाता