विशेष

त्रिभुवन विश्वविद्यालयकाे शाेषणः आंशिक प्राध्यापककाे समस्या ज्यूँका त्यूँ, सरकार कहाँ छ ? (सम्पूर्ण सहमतिसहित्)

काठमाडाैँ । मुलुककै जेठाे विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयकाे आंशिक प्राध्यापककाे समस्या कसैकाे लागि नाैलाे रहेन र काेहिपनि अन्जान छैन । तर बुझेर पनि बुझपचाएका अनि भागे पदाधिकारीका कारण विवि गम्भीर नबन्दा समस्या ज्यूँका त्यूँ रहेकाे छ । यसले जहिल्यैपनि विवि कि त बन्द भएकाे छ कि त राम्राेसँग अध्ययन अध्यापन हुन सकेकाे छैन । अनि अर्काेतिर जसले यी विषयमा गम्भीर समाचार तथा सूचना संकलन गर्नुपर्ने उही बिकेर गलत समाचार सम्प्रेषण गरिरहेका छन् । न्यायिक वहस गर्नुपर्ने क्षेत्रले याे कुरा नबुझ्दा आंशिक प्राध्यापककाे समस्यालाई अर्कैतिर माेडिएका छन् अनि चेपुवामा परेका छन् त्रिविका आंशिक प्राध्यापक ।

यसमा जतिपनि सरकारले विवि र आंशिक प्राध्यापकबीचकाे सहमति गराए उनीहरू नै नजरअन्दाज गरिरहन्छन् । यसकाे लागि विभिन्न दल आवद्ध प्राध्यापक संघलाई पटक पटक प्रयाेग गरेर आंशिक प्राध्यापककाे मुद्धा क्रमशः ठेलेकाे करिब दुइदशक भइसकेकाे छ । तरपनि समस्याकाे समाधान अहिलेसम्म भएकाे छैन ।

तत्कालीन प्रधानमन्त्री प्रचण्डको निर्देशनमा ०६५ साल असोज २१ मा शिक्षा मन्त्रालयले आंशिक समस्या समाधान गर्न सम्झौता गर्यो । तर, तुहियाइयाे । ०६६ भदौ ३१ गते तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनमा त्रिवि र शिक्षा मन्त्रालयसँग संयुक्तरुपमा आंशिक प्राध्यापकहरुसँग सम्झौता भयो । त्यो सम्झौतापनि टेबलमूनि थन्क्याइयो ।

०७४ माघमा नेपाल सरकार मन्त्रिपरिषद् बैठकले त्रिविमा १ हजार ४ सय २० जनालाई करारमा नियुक्त गर्ने निर्णय गरेको थियाे । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा हुँदा दरबन्दी सिर्जना गरेर करारमा नियुक्त गर्ने निर्णय गरिएकाे थियाे । साेनुसार त्रिविमा १ हजार ४ सय २० दरबन्दी बढाउने प्रस्ताव मन्त्रिपरिषद् सचिवालयमा दर्ता भएकाे थियाे । तर अर्थ मन्त्रालयले राेकेकाे थियाे । त्यसपछि केहि रकम निकासासँगै सरकारकाे श्वेतपत्रमा पनि आंशिक प्राध्यापककाे समस्या समाधान गर्ने उल्लेख थियाे ।

विभिन्न सहमतिपछिकाे याे ठूलाे प्राप्ति थियाे त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापककाे । किनकी न समयमा विज्ञापन हुने, मनलागि नियुक्ति गर्ने परम्पराले गर्दा लामाे समयदेखि त्रिविमा आंशिक प्राध्यापककाे चाङ चुलिएकाे छ । पछिल्लाे समयदेखि केहि चलायमान बनेकाे सेवा आयाेगले पनि अह्राएकाे काम गर्ने भएकाे हुनाले पनि त्रिविका आंशिक प्राध्यापककाे समस्या अहिलेसम्म टुंगिएकाे छैन ।

लामाे समयदेखि आंशिक प्राध्यापकहरुसँग विविले सम्झाैता गरेपनि कार्यान्वयन नगरिँदा त्रिविका आंशिक प्राध्यापकहरुकाे अवस्था झनै दयनिय बन्दै गएकाे सबैमा छर्लंगै छ । पछिल्लाे सम्झाैता हेर्ने हाे भनेपनि ०७७ पाैष २४ गते एक सम्झाैता भएकाे थियाे । जसनुसार त्रिविमा कार्यरत कम्तिमा एक शैक्षिक सत्र पूरा गरेका आंशिक शिक्षकहरुलाई क्याम्पसको आवश्यकता, औचित्यता, जेष्ठता, निरन्तरता, अनुभव र तोकिएको पूर्णकक्षाभारको आधारमा नियमानुसार प्रक्रिया पुरा गरि त्रिवि केन्द्रीय कार्यालयको स्वीकृति र समर्थनमा क्याम्पसको आन्तरिक स्रोतबाट खर्च व्यहोर्ने गरी शिक्षण सहायक सरहको पारिश्रमिक पाउने गरी व्यवस्थापन गर्ने । यसरी व्यवस्थापन गर्दा क्याम्पसको स्रोत अपुग भएको अवस्थामा विविले व्यवस्थापन गर्ने उल्लेख गरिएकाे थियाे ।

०७७/९/२४ काे सम्झाैता ।

त्यसपछि केहि काम अगाडि बढेकाे छैन तर नयाँ विज्ञापन खाेलिएकाे भने छ । यसले विविकाे साेच नै खराब देखिएकाे एक आंशिक प्राध्यापकले बताए । उनले भने, "त्रिविमा पढाउने सबैलाई करार गर्नुपर्ने हाे तर गरिएकाे छैन । यस पदाधिकारीहरूले कुनैपनि सहमति पालना गरेका छैनन् । यहि भएर अहिले विविका सेवा आयाेग, कक्षालगायत बन्द गर्न वाध्य भयाैँ ।"

याे त पछिल्ला सम्झाैतामात्र हुन विवि र आंशिक प्राध्यापकबीचकाे । ०६४ साल देखिकै समस्या अहिलेसम्म जस्ताकाे तस्तै छ । त्यसपछिका धेरै सरकार र त्रिवि पदाधिकारीहरूले कार्यान्वयन गर्ने भनेर सम्झाैतामात्र गरिरहेका छन् तर काम गरेका भने छैनन् । काम नबनेपछि पुनः आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समिति तात्याे ।

०७८/४/१२ काे सूचना ।

साे आन्दाेलनपश्चात आंशिक प्राध्यापकहरूमै फुट गराउन लागिपर्याे विश्वविद्यालय । सहमति कार्यान्वयन नगर्ने उसकाे भर्याङ्ग बन्याे । यसैलाइ केन्द्रित गर्दै आंशिकले आन्दाेलन राेकेनन् । जुन कुरा याे विज्ञप्तिले स्पष्ट पार्दछ । उसले आंशिककाे मुद्धालाई आन्दाेलन र सहमतिकाे नाटक मञ्चन गरेर सेफ लेण्डिङ्ग गर्ने विविकाे विशेष रणनीति पाइएकाे भन्दै त्यस्ता गतिविधिमा संलग्न हुने सचेत पत्र जारी गर्याे । र समिति जुनसुकै मूल्य चुकाएर पनि सहमति पुरा नहुन्जेल लड्न तयार रहेकाे बतायाे ।

गाउँ सहर डट कमले धेरै आंशिक प्राध्यापकलाई पछिल्लाे पटकपनि प्रश्न गर्दा यसपटक देउवा नै सरकारकाे नेतृत्वमा पुगेकाेले उनले यसअघि दिएकाे निर्देशन पालना गर्नेमा ढुक्क देखिन्थे । प्रधानमन्त्री देउवाकाे याे अवसरपनि भएकाे उनीहरूकाे भनाइ थियाे । तर साेपनि पुरा हुन सकेकाे छैन । किनकी अहिले कांग्रेस नेतृत्वमै गठबन्धनकाे सरकार छ ।

यसअघि केपी शर्मा ओलीकाे सरकारलाई पनि विज्ञप्ति जारी गरी नेपाली कांग्रेसले आंशिक शिक्षक व्यवस्थापन गर्न त्रिविमा स्वीकृत गरेको १४२० दरबन्दी कार्यान्वयन किन नगरेको ? भनेर विज्ञप्ति जारी गरेकाे थियाे । यसले केहि सकारात्मक संकेत देखिएकाे अनुमान गरे, तर हात्ती....फुस्सा....मा सीमित भयाे ।

यसबीचमा त्रिवि रजिष्ट्रारकाे कार्यालयले जाेगिने भाषामा शब्द घुमाउँदै आंशिकले भ्रम छरेकाे बताउन भ्यायाे । उसले पछिल्लाे पटक जारी गरेकाे विज्ञप्ति यस्ताे छः

याे विज्ञप्तिपश्चात त्रिभुवन विश्वविद्यालयले आंशिक प्राध्यापकहरूकाे मागलाई भ्रमपूर्ण रूपमा प्रचार गरेकाे भन्दै आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिले ध्यानाकर्षण भएकाे जनाएकाे थियाे । 

संघर्ष समितिले गत मंगलबार विज्ञप्ति जारी गर्दै त्रिवि अन्तर्गतका क्याम्पसहरूका १७ वर्षदेखि पूर्णकालीन प्राध्यापक सरह काम गरेका २ हजार २ सय आंशिक प्राध्यापकलाई दैनिक ज्यालादारीबाट मासिक ज्यालादारीमा लैजान राखेकाे मागलाई विश्वविद्यालयले स्वत स्थायी भनि वक्तव्यबाजी गरेर जनसाधारणमा भ्रम फैलाएकाे जनाएकाे छ । 

विज्ञप्तिमा भनिएकाे छ- 'त्रिभुवन विश्वविद्यालयमा जुन बाटाे अवलम्बन गरेर प्राध्यापक हुँदै पदाधिकारीसम्म बन्न सफल छन् आज त्यहि बाटाे गलत भनि वक्तब्यबाजी गर्दैगर्दा त्यस्ता पदाधिकारी, प्राध्यापक तत्काल खारेजी गरि हालसम्मकाे उसले प्राप्त गरेकाे सेवा सुविधा फिर्ता गर्न सक्नुपर्छ । विश्वविद्यालयमा १७ वर्षसम्म आंशिक प्राध्यापकहरू अब्बल भइ लाखाैँ विद्यार्थी उत्पादनमा याेगदान गर्ने तर आंशिक प्राध्यापकले मासिक ज्यालादारी माग गर्दैगर्दा समस्याकाे समाधान खाेज्नुकाे सट्टा वक्तब्यबाजीकाे साहारा लिएकाे आंशिक प्राध्यापकहरूलाई धम्क्याउने प्रयास गरिएकाेमा गम्भिर ध्यानाकर्षण भएकाे छ । आंशिक प्राध्यापक भाेकाे पेटका लागि ज्यालादारीका लागि निरन्तर आन्दाेलनरत छ ।'

०७८/११/३ मा जारी विज्ञप्ति ।

यसैकारण अहिले पनि विश्वविद्यालयका पदाधिकारीकाे कार्यकक्षमा तालाबन्दी छ । दैनिक आंशिक प्राध्यापकहरुले आन्दाेलन गरिरहेका छन् अनि विवि साे आन्दाेलनलाई लिएर भ्रम फैलाइरहेकाे छ ।

आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिले माग पूरा नभएसम्म विश्वविद्यालयका पदाधिकारीहरूको कार्यकक्षमा ताला नखोल्ने चेतावनी दिएको छ ।

समस्याले यतिकाे रूप लिँदापनि विवि समस्या समाधानतर्फ भन्दापनि समस्या तुहाउने कार्यमा लाग्नु गलत भएकाे स्वयं प्राध्यापकहरूले नै बताइरहेका छन् । उनीहरूका अनुसार एकपछि अर्का सहमति उ नै गर्ने अनि कार्यान्वयन नगर्ने, जसले समस्या झन झाङ्गिदाे छ । उनीहरू भन्छन्, "विवि समस्या बल्झाउँदै आंशिकलाई नसमेटेर सेवा आयाेग तताउँछ, जुनमात्रै समाधान हाेइन । यसकाे मतलब विज्ञापन नगर्ने र नविन दक्ष जनशक्ति नआओस भन्ने हाेइन । सहमति पनि कार्यान्वय हुनुपर्ने भन्ने मात्र हाे ।"

यसले के देखाउँछ भने त्रिविकाे समस्या आंशिक प्राध्यापकका मात्रै हाेइन, शैक्षिक क्यालेन्डर, नियुक्ति, अपारदर्शिता, प्रश्नपत्र किनबेच, परीक्षाकाे लापरवाही, परीक्षाफलमा त्रुटी र मिलेमताे अनि रहेका करार प्राध्यापक अनि गुणास्तरिय शिक्षापनि छन् । यी यावत समस्याहरूलाई पुरा गर्ने भनेकै गुणास्तरिय र पारदर्शी कार्यले मात्र हुन् । जुन पुरा गर्न सकेमात्र त्रिविले साख जाेगाउन सक्छ । धम्की र हेपाहा प्रवृत्तिले विवि बन्न सक्दैन । विविले समस्याहरूकाे समाधान अहिले गर्न सकेन भने भाेलि कहिल्यै आउँदैन, याे उसले विर्सनु हुँदैन ।

याेपनि पढ्नुहाेस्ः

त्रिवि र आंशिक प्राध्यापकबीच सहमति, कम्तिमा एक शैक्षिक सत्र पढाएकालाई आन्तरिक करार गरिने

त्रिविका आंशिक प्राध्यापकहरु आजबाट त्रिवि परिसरमा धर्नामा

त्रिविका आंशिक प्राध्यापकलाई शिक्षण सहायक सरह सेवा सुविधा पाउने गरी करार ग्यारेन्टी गर्नुपर्ने

त्रिविको तानाशाही प्रवृत्तिविरुद्ध आंशिक प्राध्यापकको गम्भीर ध्यानाकर्षण
त्रिविका आंशिक प्राध्यापक सधैँ पीडामा, केन्द्रीय कार्यालयमा धर्ना (तस्बिरसहित्)
देउवा ज्यू ! खै तपाईंकाे त्रिवि आंशिक प्राध्यापककाे दरबन्दी निर्देशन पालना भएन नि !
विभिन्न माग राखि आन्दोलनरत् त्रिविका आंशिक प्राध्यापक
प्राध्यापन गरेर भात खान पाउँ भन्न पाउने कि नाईं ? त्रिविका आंशिक प्राध्यापकको माग कहिले पूरा हुन्छ ?
त्रिविका आंशिक प्राध्यापकले बाैद्धिक शोषण रहेसम्म आन्दोलन जारी राख्ने

राष्ट्रपति र प्रधानमन्त्री कार्यालय सकारात्मक हुँदापनि त्रिवि चुपचाप, आंशिकको आन्दोलन लम्बिने

त्रिवि र आंशिक प्राध्यापकबीच सहमति, कम्तिमा एक शैक्षिक सत्र पढाएकालाई आन्तरिक करार गरिने
नेपाली कांग्रेसले भन्याे - आंशिक शिक्षक व्यवस्थापन गर्न त्रिविमा स्वीकृत गरेको १४२० दरबन्दी कार्यान्वयन किन नगरेको ?
बन्दाबन्दीमा आंशिक शिक्षकहरूकाे दैनिक गुजारा सम्बन्धमा सरकार तथा त्रिवि उदाशीन
एक आंशिक प्राध्यापकको पत्र  प्रधानमन्त्री एवम् कुलपतिलाई 
सरकार आंशिकको गाँस रोकियो, के श्वासपनि रोक्ने हो ?

विश्वविद्यालयका पदाधिकारीहरू ! आंशिक प्राध्यापकलाई कहिले करार गर्ने ? के कुराले रोक्यो ?

त्रिविका आंशिक प्राध्यापकहरु आजबाट त्रिवि परिसरमा धर्नामा
विभिन्न माग राखि आन्दोलनरत् त्रिविका आंशिक प्राध्यापक
त्रिविका आंशिक प्राध्यापकले बाैद्धिक शोषण रहेसम्म आन्दोलन जारी राख्ने

गाउँ सहर संवाददाता

तपाईँको मत