स्वास्थ्य
उपत्यकामा २०९ जनामा कोरोना पाेजेटिभ
- गाउँ सहर संवाददाता
- ३ फाल्गुण मंगलबार, २०७८ | १६:५६:०० मा प्रकाशित

काठमाडाैं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप २०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौँमा १७०, भक्तपुरमा १५ र ललितपुरमा २४ जना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
देशभर पछिल्लो २४ घण्टामा ६८० जना संक्रमित थपिएका छन् भने २ जनाकाे कोरोना संक्रमणबाट निधन भएकाे छ ।
मंगलबार १ हजार ८३५ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर १९ हजार ४०० जना सक्रिय संक्रमित रहेका छन् ।
बितेकाे चौबीस घण्टामा ४२५६ पीसीआर तथा २ हजार ८३९ एन्टिजेन परीक्षण भएको छ मन्त्रालयले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस