चुनाव चिन्ह नदिने कानुनी व्यवस्थाका विरुद्ध २४ दल एकै ठाउँ
- गाउँ सहर संवाददाता
- २८ माघ शुक्रबार, २०७८ | १६:३२:०० मा प्रकाशित
काठमाडाैं । राष्ट्रिय मान्यता प्राप्त नगरेका राजनीतिक दलहरूलाई स्थानीय निर्वाचनमा पार्टीको चुनाव चिन्ह नदिने कानुनी व्यवस्थाका विरुद्ध सङ्घर्ष गर्न २४ वटा दलहरूले सङ्घर्ष समिति गठन गरेका छन् ।
आज विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालयमा बसेको उक्त बैठकले निर्वाचन आयोगमा दर्ता भएर सम्पूर्ण विधि प्रक्रिया पुरा गरेका दलहरूलाई स्थानीय निर्वाचनमा पार्टीको चुनाव चिन्ह प्रयोग नदिने कानुनी व्यवस्था घोर अन्यायपूर्ण भएको ठहर गरेको छ ।
उक्त बैठकले सबै दलहरूले समान रूपमा आफ्नो दलको चुनाव चिन्ह स्थानीय निर्वाचनमा प्रयोग गर्न पाउनुपर्ने विषयमा गरेका यस अघि भएका सामूहिक सङ्घर्ष तथा पहलकदमीहरूको समेत अपनत्व लिँदै 'चुनाव चिन्ह सङ्घर्ष समिति' गठन गरि तुरुन्तै दबाबमूलक कार्यक्रमहरू आयोजना गर्ने निर्णय गरेको हाे ।
साथै राष्ट्रिय मान्यता प्राप्त नगरेका आजको बैठकमा अनुपस्थित अन्य दलहरूलाई पनि ूचुनाव चिन्ह सङ्घर्ष समितिूमा सहभागी हुन आह्वान गरेको छ ।
आजको बैठकमा निम्न दलहरूको सहभागिता तथा समर्थन थियो :
(१) आमूल परिवर्तन मसिहा पार्टी
(२) एकीकृत शक्ति नेपाल
(३) जनजागरण पार्टी नेपाल
(४) जनता समाजवादी पार्टी, नेपाल
(५) नेकपा (समाजवादी)
(६) नेपाल आमा पार्टी
(७) नेपाल दलित पार्टी
(८) नेपाल परिवार दल
(९) नेपाल विवेकशील पार्टी
(१०) नेपाल सङ्घीय समाजवादी पार्टी
(११) नेपाल समाजवादी पार्टी
(१२) नेपाल समाजवादी पार्टी (लोहियावादी)
(१३) नेपाल सुशासन पार्टी
(१४) नेपाली काँग्रेस (वी.पी.)
(१५) नेपाली जनता दल
(१६) बहुजन समाज पार्टी नेपाल
(१७) मौलिक जरोकिलो पार्टी
(१८) राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक
(१९) राष्ट्रिय प्रजातन्त्र पार्टी
(२०) विवेकशील साझा पार्टी
(२१) समाजवादी पार्टी नेपाल
(२२) सर्वदलीय सङ्घीय परिषद्
(२३) सामाजिक लोकतान्त्रिक पार्टी
(२४) सामाजिक लोकतान्त्रिक पार्टी
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
प्रतिकृया दिनुहोस