च्यासल युथ क्लबलाई हराउँदै नेपाल पुलिस क्लब बिजयी
- गाउँ सहर संवाददाता
- २६ माघ बुधबार, २०७८ | १६:४०:०० मा प्रकाशित

काठमाडाैं । नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत भएकाे खेलमा जित हात पारेका छन् । नेपाल पुलिस क्लबले च्यासल युथ क्लबविरुद्ध संघर्षपूर्ण जित हात पारेकाे हाे । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसले च्यासल युथ क्लबलाई २–१ गोलले हराउँदै नवौं चरणको खेलमा जित हात पारेकाे छ ।
च्यासलविरुद्ध पुलिसले सुरुआतबाट नै दबाबपूर्ण खेल खेलेकाे थियाे । सोही क्रममा पुलिसका रविशंकर पासवानले ३७ औं मिनेटमा खाता खाेल्न सफल भएका थिए । पुलिसलाई सुरुआती अग्रता दिलाउने क्रममा रविशंकरले निरकुमार राईले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै पेनाल्टी क्षेत्रबाट जाली चुमाएका थिए । त्यसपछि पहिलो हाफमा थप गोल हुन सकेन ।
५३ औं मिनेटमा च्यासलले खेलमा फर्किने संकेत देखायो । मौसा अबगानाले पेनाल्टीबाट गोल गर्दै च्यासललाई खेलमा फर्काउने संकेत देखाए । पुलिसका कप्तान सुमन सुवेदीले रुमेश बर्तौलालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि च्यासलले पेनाल्टीको अवसर पाएको थियो । पेनाल्टी अवसरलाई च्यासलका विदेशी खेलाडी मौसाले सदुपयोग गर्दै खेल १–१ को बराबरीका अवस्थामा ल्याएका थिए । ७० औं मिनेटमा रविशंकरले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई पुनः अग्रता दिलाए । बाँकी समयमा च्यासल खेलमा फर्किन सकेन र पुलिसले च्यासलमाथि कठिन जित निकाल्न सफल भयो । खेलमा पुलिसका दुई गोल गरेका रबिशंकर प्लेयर अफ दि म्याच चुनिएर नगद १० हजार प्राप्त गर्दा च्यासलका आशिष राईले इमर्जिङ प्लेयर चुनिए नगद १० हजार रूपैँया प्राप्त गरेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
प्रतिकृया दिनुहोस