च्यासल युथ क्लबलाई हराउँदै नेपाल पुलिस क्लब बिजयी
- गाउँ सहर संवाददाता
- २६ माघ बुधबार, २०७८ | १६:४०:०० मा प्रकाशित
काठमाडाैं । नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत भएकाे खेलमा जित हात पारेका छन् । नेपाल पुलिस क्लबले च्यासल युथ क्लबविरुद्ध संघर्षपूर्ण जित हात पारेकाे हाे । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसले च्यासल युथ क्लबलाई २–१ गोलले हराउँदै नवौं चरणको खेलमा जित हात पारेकाे छ ।
च्यासलविरुद्ध पुलिसले सुरुआतबाट नै दबाबपूर्ण खेल खेलेकाे थियाे । सोही क्रममा पुलिसका रविशंकर पासवानले ३७ औं मिनेटमा खाता खाेल्न सफल भएका थिए । पुलिसलाई सुरुआती अग्रता दिलाउने क्रममा रविशंकरले निरकुमार राईले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै पेनाल्टी क्षेत्रबाट जाली चुमाएका थिए । त्यसपछि पहिलो हाफमा थप गोल हुन सकेन ।
५३ औं मिनेटमा च्यासलले खेलमा फर्किने संकेत देखायो । मौसा अबगानाले पेनाल्टीबाट गोल गर्दै च्यासललाई खेलमा फर्काउने संकेत देखाए । पुलिसका कप्तान सुमन सुवेदीले रुमेश बर्तौलालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि च्यासलले पेनाल्टीको अवसर पाएको थियो । पेनाल्टी अवसरलाई च्यासलका विदेशी खेलाडी मौसाले सदुपयोग गर्दै खेल १–१ को बराबरीका अवस्थामा ल्याएका थिए । ७० औं मिनेटमा रविशंकरले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई पुनः अग्रता दिलाए । बाँकी समयमा च्यासल खेलमा फर्किन सकेन र पुलिसले च्यासलमाथि कठिन जित निकाल्न सफल भयो । खेलमा पुलिसका दुई गोल गरेका रबिशंकर प्लेयर अफ दि म्याच चुनिएर नगद १० हजार प्राप्त गर्दा च्यासलका आशिष राईले इमर्जिङ प्लेयर चुनिए नगद १० हजार रूपैँया प्राप्त गरेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
- होटल तथा रेस्टुरेन्टमा धुम्रपान गर्ने छुट्टै स्थान बनाउन निर्देशन
- ‘जय नेपाल पार्टी’ घोषणाको तयारी, दुर्गा सर्वोच्च नेता, धवल अध्यक्ष
- सरकारको असफलताबारे यस्तो छ कांग्रेसको १५ बुँदा
- एआई नअपनाए विकासशील देश पछि पर्ने विश्व बैङ्कको चेतावनी
प्रतिकृया दिनुहोस