राजनीति

दाहाल र नेपालबीच भेटवार्ता

काठमाडाैं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ । माओवादी अध्यक्षलाई भेट्न नेपाल बुधबार बिहान दाहाल निवास खुमलटार पुगेका हुन् । 

दुई नेताबीच एमसीसी परियोजना, स्थानीय निर्वाचन, संसद् अवरोध, चुनावी मोर्चालगायत विषयमा छलफल भएको बताइएको छ । एमसीसीको विषयलाई लिएर सत्तारुढ दलहरू विभाजित छन् । एमसीसी संसद्मा पेश गर्ने विषयमा सहमति हुन नसकेपछि बुधबारकाे प्रतिनिधि सभा बैठक पनि स्थगित भएकाे छ ।

गाउँ सहर संवाददाता