विजय चालिसेको ५४औँ कृति : ‘जीवनका वक्ररेखा’ सार्वजनिक
- गाउँ सहर संवाददाता
- २५ माघ मंगलबार, २०७८ | १५:४७:०० मा प्रकाशित

काठमाडौं । साहित्यकार तथा पत्रकार विजय चालिसेको अर्को पुस्तक ‘जीवनका वक्ररेखा’ प्रकाशनमा आएको छ ।
आत्मसंस्मरणका रूपमा प्रकाशित यस पुस्तकमा चालिसेले आफू, आफू बाँचेको समाज, विभिन्न कालखण्डका संस्कृति, राजनीति र साहित्यका साथै पत्रकारिताका विविध पाटाहरूलाई उधिन्ने प्रयास गरेका छन् ।
आफ्नो प्रस्तुत कृति साहित्य, कला र पत्रकारितामा रुचि राख्नेहरूका लागि गतिलो खुराक हुन सक्ने विश्वास चालिसेको छ । विजयको यो ५४औँ कृति सुरभि साहित्य प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो ।
पुस्तकमा नौ अलग–अलग खण्डमार्फत लेखकले आफ्नो बाल्यकालदेखि कोरोना कहरसम्मका विषय सन्दर्भलाई मिहीन रूपमा विश्लेषण गरेको जनाइएको छ ।
उपन्यास, कथासंग्रह, बालसाहित्य, यात्रा निबन्धसहित आमसञ्चार तथा पत्रकारिताका विषयमा कलम चलाउने चालिसे गोरखापत्र संस्थानका पूर्वकार्यकारी अध्यक्ष तथा गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादक हुन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सेयर बजारमा दोहोरो अंकले वृद्धि
- भुटानमाथि नेपालकाे शानदार जित
- राैनक श्रीवास्तवकाे शानदार ब्याटिङमा नेपालले भुटानलाई दियाे ३५९ रनकाे लक्ष्य
- अब पेट्रोल र डिजेलकाे मूल्य कति तिर्नपर्छ ?
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
- नेप्से परिसूचक एक अंकले बढ्याे
- रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
- मन्त्रिपरिषद् बैठकका १५ निर्णय
- कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा
- लाओसबिरूद्ध नेपालकाे ९ गाेल, साम्बाकाे मात्रै ५ गाेल
प्रतिकृया दिनुहोस