न्याय सेवा आयोगको बैठकमा राणा एक्लै उपस्थित
- गाउँ सहर संवाददाता
- २३ माघ आइतबार, २०७८ | १५:२३:०० मा प्रकाशित
काठमाडाैं । बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा एक्लै उपस्थित भएका छन् । न्याय सेवा आयोगको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा एक्लै उपस्थित भएका हुन् ।
प्रधानन्यायाधीश राणाले आज दिउँसो २ बजे बस्ने गरी आयोगको बैठक बोलाएका थिए । जिल्ला अदालतमा न्यायाधीश नियुक्तिका लागि लोक सेवा आयोगले लिएको लिखित परीक्षाको नतिजा प्रकाशनका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको थियो ।
तर, बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडु, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी र महान्यायाधिवक्ता खम्म बहादुर खाती अनुपस्थित भए ।
अरु सदस्यहरु बैठकमा सहभागी नभए पनि प्रधानन्यायाधीश राणा भने आयोगको सचिवालय उपस्थित भएका थिए ।
न्याय सेवा आयोगका एक अधिकारीले भने,'अरु सदस्यज्यूहरुले बैठकमा उपस्थित नहुने भनेर जानकारी दिइसक्नुभएको थियो। उहाँहरु नआए पनि प्रधानन्यायाधीश ज्यू भने बैठकका लागि भनेर आउनुभयो । एकछिन बसेर जानुभयो ।'
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस