न्याय सेवा आयोगको बैठकमा राणा एक्लै उपस्थित
- गाउँ सहर संवाददाता
- २३ माघ आइतबार, २०७८ | १५:२३:०० मा प्रकाशित
काठमाडाैं । बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा एक्लै उपस्थित भएका छन् । न्याय सेवा आयोगको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा एक्लै उपस्थित भएका हुन् ।
प्रधानन्यायाधीश राणाले आज दिउँसो २ बजे बस्ने गरी आयोगको बैठक बोलाएका थिए । जिल्ला अदालतमा न्यायाधीश नियुक्तिका लागि लोक सेवा आयोगले लिएको लिखित परीक्षाको नतिजा प्रकाशनका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको थियो ।
तर, बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडु, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी र महान्यायाधिवक्ता खम्म बहादुर खाती अनुपस्थित भए ।
अरु सदस्यहरु बैठकमा सहभागी नभए पनि प्रधानन्यायाधीश राणा भने आयोगको सचिवालय उपस्थित भएका थिए ।
न्याय सेवा आयोगका एक अधिकारीले भने,'अरु सदस्यज्यूहरुले बैठकमा उपस्थित नहुने भनेर जानकारी दिइसक्नुभएको थियो। उहाँहरु नआए पनि प्रधानन्यायाधीश ज्यू भने बैठकका लागि भनेर आउनुभयो । एकछिन बसेर जानुभयो ।'
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
- गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बित
- नेप्से ५ अंकले घट्यो, सूचक घटे पनि लगानीकर्ताको उत्साह
- प्रधानमन्त्री कार्यालयको कालो सूचीमा परे यी ६ निर्माण कम्पनी
- २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेको रोशीमा
- अब कृषि विकास बैंकको स्मार्ट प्लस एपबाटै डिसहोमका सेवा नवीकरण गर्न सकिने
- नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
- चक्रवात ‘अर्णव’को प्रभाव नेपालभर, कोशीदेखि कर्णालीसम्म वर्षा र हिमपातको सम्भावना
- चित्रमा हेर्नुहाेस् कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार)सम्मकाे माैसम
प्रतिकृया दिनुहोस