हिउँमा फसेका ५५ जनाको हेलिकोप्टरद्वारा उद्धार गरिँदै
- गाउँ सहर संवाददाता
- २३ माघ आइतबार, २०७८ | १२:५०:०० मा प्रकाशित
काठमाडाैं । कर्णाली प्रदेश सरकारले जुम्लाको गाग्रा लेकका विभिन्न ठाउँमा हिउँमा फसेका ५५ जनाको उद्धार गर्न हेलिकोप्टर पठाउने तयारी गरेको छ । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले गाग्रा लेकमा फसेका उनीहरुको तत्काल उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टर पठाउन लागेका हुन् । मुख्यमन्त्री शाहीले हेलिकोप्टर जाजरकोट र जुम्लाको सीमामा रहेको ग्राग्रा पाटन पठाउन थालेको जानकारी दिएका छन् ।
“हिउँ पाँच फिट जति परेको सूचना प्राप्त भएको छ, त्यहाँ हेलिकोप्टर बस्न सक्ने अवस्था छैन”, मुख्यमन्त्री शाहीले भने, “भोकबाट बचाउन तत्काल उनीहरुका लागि खानेकुरा खसाल्ने तयारी छ ।” कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव निधिराज न्यौपानेले त्यहाँको स्थिति थाहा पाउनका लागि तातोपानी गाउँपालिका–८, जुम्ला टोप्लागाउँका स्थानीय सुरतबहादुर शाहीसहित चिउरा, दालमोठ, चाउचाउजस्ता खानेकुरा लिएर जाने तयारी भइरहेको बताए ।
स्थानीयवासी शाहीका अनुसार तातोपानी गाउँपालिका–८ जुम्लाको टोप्लागाउँबाट एक दिनको दूरीमा रहेको गाग्रा पाटनको गाग्रा, एडिओढार, खोटीसल्ला र ध्वनि ठाउँमा गरी ५५ जना हिउँमा फसेका छन् । उनीहरु सेतक चिनी (खिरौंला) संकलन गर्न त्यहाँ गएका हुन् । शाहीका अनुसार उहाँकी बुहारी जैकुवाँरा शाही र तातोपानी–७ बाह्रगाउँका मुनबहादुर रावतको हिउँले कठ्याङ्ग्रिएर मृत्यु भएको छ ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया प्रसाईँले तातोपानी गाउँपालिका र प्रदेश सरकारसँग समन्वय गरेर हिउँमा फसेका व्यक्तिको उद्धारको तयारी भइरहेको बताए । तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले हिउँमा फसेका व्यक्तिका लागि तत्काल खाद्यान्न र चिसोबाट बचाउने साम्रगी जोहो गरिएको तर हेलिकोप्टरबिना खाद्य सामगी त्यहाँ पु¥याउन असम्भव भएको जनाएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
प्रतिकृया दिनुहोस