कृष्णनगरका मेयर शाह, वडाध्यक्षसहित हजार जना नेपाली कांग्रेसमा प्रवेश
- गाउँ सहर संवाददाता
- २२ माघ शनिबार, २०७८ | १६:११:०० मा प्रकाशित
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख (मेयर) रजतप्रताप शाह नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् ।
२०७४ सालमा स्वतन्त्रबाट चुनाव जितेका शाह शनिबार कांग्रेस प्रवेश गरेका हुन् ।
कपिलवस्तुको बहादुरगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश सभापति अमरसिंह पुन र पूर्व सभापति सुरेन्द्रराज आचार्यले शाहलाई पार्टीमा स्वागत गरेका थिए ।
.jpg)
शाह लामो समय स्वतन्त्रबाट राजनीति गर्दै आएका थिए । उनको प्रवेशले पार्टीलाई थप बलियो बनाउने कांग्रेस सभापति पुनले बताए ।
नगरप्रमख शाहसहित कृष्णनगरका तीनजना वडा अध्यक्षसमेत कांग्रेसमा प्रवेश गरेका हुन् ।
शाहसहित एक हजार जना नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस कपिलवस्तुले जनाएको छ ।
शाह त्यस क्षेत्रका सांसद अभिषेक प्रताप शाहका काका हुन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
- दोरम्बा हत्याकाण्डको २३औँ स्मृति दिवसमा शहीदहरूको योगदान सम्झिँदै
- शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्नेसहित पारित भए यी ५ प्रस्ताव
प्रतिकृया दिनुहोस