कृष्णनगरका मेयर शाह, वडाध्यक्षसहित हजार जना नेपाली कांग्रेसमा प्रवेश
- गाउँ सहर संवाददाता
- २२ माघ शनिबार, २०७८ | १६:११:०० मा प्रकाशित

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख (मेयर) रजतप्रताप शाह नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् ।
२०७४ सालमा स्वतन्त्रबाट चुनाव जितेका शाह शनिबार कांग्रेस प्रवेश गरेका हुन् ।
कपिलवस्तुको बहादुरगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश सभापति अमरसिंह पुन र पूर्व सभापति सुरेन्द्रराज आचार्यले शाहलाई पार्टीमा स्वागत गरेका थिए ।
शाह लामो समय स्वतन्त्रबाट राजनीति गर्दै आएका थिए । उनको प्रवेशले पार्टीलाई थप बलियो बनाउने कांग्रेस सभापति पुनले बताए ।
नगरप्रमख शाहसहित कृष्णनगरका तीनजना वडा अध्यक्षसमेत कांग्रेसमा प्रवेश गरेका हुन् ।
शाहसहित एक हजार जना नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस कपिलवस्तुले जनाएको छ ।
शाह त्यस क्षेत्रका सांसद अभिषेक प्रताप शाहका काका हुन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस