गाउँ सहर
ट्याक्टर पल्टिँदा १० वर्षीय छाेराकाे मृत्यु, बुबा र दाजु घाइते
- गाउँ सहर संवाददाता
- १६ माघ आइतबार, २०७८ | १२:२०:०० मा प्रकाशित
उदयपुर । खेत जोतेर आउँदै गरेको ट्याक्टर पल्टिँदा एक बालकको मृत्यु भएकाे छ । त्रियुगा नगरपालिका–१ जोगिदह रुपनीमा खेत जोतेर आउँदै गरेको ट्याक्टर पल्टिँदा एक बालकको मृत्यु भएकाे हाे । खेत जोतेर घर आउँदै गरेको स१त ४२९३ नम्बरको ट्याक्टर पल्टिएर घाइते भएको त्रियुगा नगरपालिका १ रुपनीका सत्यनारायण चौधरीका १० वर्षीय छोरा नितेश चौधरीको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएकाे प्रहरीले जानकारी दिएकाे छ ।
शनिबार राति ८ बजेतिर खेत जोतेर छोराहरूलाई लिएर आउँदै गरेको ट्याक्टर घर नजिकै पल्टिँदा चालक बुबा सत्यनारायण चौधरी, अर्का छोरा १२ वर्षीय निमिष चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
प्रतिकृया दिनुहोस