उतारचढावबीच शेयरबजार परिसूचक नेप्से सामान्य अंकले घट्याे
- गाउँ सहर संवाददाता
- ११ माघ मंगलबार, २०७८ | १५:३३:०० मा प्रकाशित
काठमाडौं । दिनभरकाे उतारचढावकाे काराेबारपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंककाे गिरावट आएको छ ।
साताकाे तेस्राे दिन नेप्से मंगलबार आज नेप्से ५.९२ अंकले घटेर २८१४.७४ बिन्दुमा थामिएकाे छ । हिजाे सोमबार नेप्से सय अंकले घटेको थियो ।
२२९ कम्पनीको ९७ लाख ८४ हजार ६५१ कित्ता सेयर ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६२७ रुपैयाँको सेयर किनबेच भएको छ ।
आज कारोबार रकममा पनि गिरावट आएको छ । आज ५ अर्ब ३९ करोड ५६ लाख बराबरको कारोबार भएको छ । सोमबार ८ अर्ब ८८ करोड ८५ लाख बराबरको कारोबार भएको थियो ।
वन नेपाल लघुवित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने बुद्ध भुमी नेपाल हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ ।
यो दिनको कारोबारमा पोखरा फाइनान्स, कालिका लघुवित्त वित्तीय संस्था, सामलिङ पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यता गोर्खाज फाइनान्स, समिट लघुवित्त वित्तीय संस्था, समता घरेलु लघुवित्त वित्तीय संस्था चन्द्रागिरी हिल्सका लगानीकर्ताले गुमाएका छन् ।
कारोबारको आधारमा आज सबैभन्दा बढी एसियन लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज २६ करोड ९४ लाख भन्दा बढीको कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
प्रतिकृया दिनुहोस