पछिल्लो २४ घण्टामा विश्वभर २१ लाख बढी कोरोना संक्रमित थपिए
- गाउँ सहर संवाददाता
- १० माघ सोमबार, २०७८ | १३:५५:०० मा प्रकाशित

काठमाडाैं । पछिल्लो २४ घण्टामा विश्वभर २१ लाख ३२ हजार बढी कोरोना संक्रमित थपिएका छन् । भारतमा सबैभन्दा धेरै तीन लाख ५ हजार, फ्रान्समा ३ लाख एक हजार, अमेरिकामा एक लाख ९७ हजार र इटलीमा एक लाख ३८ हजार छन् ।
ब्राजिलमा ८४ हजार, जर्मनीमा ७५ हजार, बेलायतमा ७४ हजार, टर्कीमा ६५ हजार र रुसमा ६३ हजार जनामा संक्रमण पुष्टि भएको हाे ।
२४ घण्टामा १२ लाख ९४ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् भने ४ हजार ४९८ जनाको मृत्यु भएको जनाइएकाे छ ।
मृत्यु हुनेमा रुसमा ६७९, अमेरिकामा ५७०, भारतमा ४७४, इटलीमा २२७, ब्राजिलमा ११८, टर्कीमा १८५, फ्रान्समा ११५ र बेलायतमा ७५ जनाकाे काेराेनाका कारण ज्यान गएकाे छ ।
त्यसैगरी, निको हुनेमा भारतमा २ लाख ३२ हजार, बेलायतमा एक लाख ६७ हजार, इटलीमा एक लाख ३१ हजार, टर्कीमा ७५ हजार, फ्रान्समा ६७ हजार, अमेरिकामा ३४ हजार र रुसमा २३ हजार छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस