एमालेले भन्याे : रेणु यादवलाई पदमा राखिरहनु अत्यन्त आपत्तिजनक (वक्तव्यसहित)
- गाउँ सहर संवाददाता
- ९ माघ आइतबार, २०७८ | १४:१२:०० मा प्रकाशित
काठमाडाैं । एमालेले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई पदमा राखिरहनु अत्यन्त आपत्तिजनक भएकाे जनाएकाे छ ।
अध्यक्ष ओलीले आइतबार जारी गरेको आठ पृष्ठको वक्तव्यमा अन्य विषयका अतिरिक्त मन्त्री यादवको अभिव्यक्तिको आलोचना गरिएको छ ।
‘एक जना मन्त्रीबाट जनमत पार्टीका नेताहरुलाई ‘गौर काण्ड’ जस्तै घटना दोहोर्याएर हत्या गर्न धम्की दिइएको छ । यस्तो कार्य आपत्तिजनक, आपराधिक र बर्बरतायुक्त छ । यस्तो अभिव्यक्ति दिने व्यक्तिलाई हालसम्म पनि कारबाही नगरी पदमा बहाल राखिरहनु अत्यन्त आपत्तिजनक छ’, वक्तव्यमा उल्लेख गरिएकाे छ ।
गत बुधबार मन्त्री यादवले गौर पुगेर १५ वर्षअघिको जस्तै ‘गौर काण्ड’ दोहोर्याउने धम्की दिएकी थिइन् । सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तातर्फ लक्षित भाषणमा उनले भनेकी थिइन् ( ‘तुफानसँग नटकराउनुस् । नत्र तपाईंको पनि त्यही हालत हुन्छ, जुन राइस मिलमा भएको थियो ।’

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
- दोरम्बा हत्याकाण्डको २३औँ स्मृति दिवसमा शहीदहरूको योगदान सम्झिँदै
- शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्नेसहित पारित भए यी ५ प्रस्ताव
प्रतिकृया दिनुहोस