एमालेले भन्याे : रेणु यादवलाई पदमा राखिरहनु अत्यन्त आपत्तिजनक (वक्तव्यसहित)
- गाउँ सहर संवाददाता
- ९ माघ आइतबार, २०७८ | १४:१२:०० मा प्रकाशित

काठमाडाैं । एमालेले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई पदमा राखिरहनु अत्यन्त आपत्तिजनक भएकाे जनाएकाे छ ।
अध्यक्ष ओलीले आइतबार जारी गरेको आठ पृष्ठको वक्तव्यमा अन्य विषयका अतिरिक्त मन्त्री यादवको अभिव्यक्तिको आलोचना गरिएको छ ।
‘एक जना मन्त्रीबाट जनमत पार्टीका नेताहरुलाई ‘गौर काण्ड’ जस्तै घटना दोहोर्याएर हत्या गर्न धम्की दिइएको छ । यस्तो कार्य आपत्तिजनक, आपराधिक र बर्बरतायुक्त छ । यस्तो अभिव्यक्ति दिने व्यक्तिलाई हालसम्म पनि कारबाही नगरी पदमा बहाल राखिरहनु अत्यन्त आपत्तिजनक छ’, वक्तव्यमा उल्लेख गरिएकाे छ ।
गत बुधबार मन्त्री यादवले गौर पुगेर १५ वर्षअघिको जस्तै ‘गौर काण्ड’ दोहोर्याउने धम्की दिएकी थिइन् । सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तातर्फ लक्षित भाषणमा उनले भनेकी थिइन् ( ‘तुफानसँग नटकराउनुस् । नत्र तपाईंको पनि त्यही हालत हुन्छ, जुन राइस मिलमा भएको थियो ।’

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- महानगरकाे बजेट समयमा नआएकाेबारे उपप्रमुख डंगाेलकाे यस्ताे प्रष्टिकरण
- त्रिवि क्रिकेट मैदानमा कुर्सी राख्न थालियो
- आज प्रतिनिधिसभाको बैठक बस्दै
- बेलिब्रिजको उद्घाटन गर्न प्रधानमन्त्री हुम्ला, जोडियो राष्ट्रिय सडक सञ्जालमा
- ग्लोबल आईएमई समुन्नत योजना–२ को सार्वजनिक निष्काशन र बिक्री खुल्ला
- एएफसी महिला एसियन कप छनाेटकाे नजिक पुगरे चुक्याे नेपाल
- आज यी प्रदेशमा भारी वर्षाकाे पूर्वानुमान, सतर्कता अपनाउनु आग्रह
- नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि
- वीपी राजमार्गमा थप ३० दिन राति गाडी चलाउन नपाइने
- समयमा काम नगर्ने यी ११ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
प्रतिकृया दिनुहोस