अर्थतन्त्र

६ महिनामा राजश्व संकलनमा ११७.६३ प्रतिशतले वृद्धि

काठमाडाैं । सरकारले ६ महिनामा २ खर्ब २५ अर्ब रुपैयाँभन्दा बढी राजश्व संकलन गरेकाे छ । आन्तरिक राजश्व विभागले ६ महिनामा २ खर्ब २५ अर्ब रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको हाे । विभागको तथ्याङक अनुसार चालु आर्थिक वर्षको छ महिनामा २ खर्ब २५ अर्ब ४७ करोड ९ लाख १० हजार रुपैयाँ राजश्व संकलन गरेको हो । 

विभागका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म आयकर भ्याट र अन्तशुल्क शीर्षकबाट २ खर्ब ४१ अर्ब ७१ करोड ४० लाख ९४ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा ९३ प्रतिशत मात्र राजश्व संकलन गरेको हो । 

राजश्व संकलनमा ११७.६३ प्रतिशतले वृद्धि भएको भएकाे विभागले जनाएकाे छ ।

सरकारले चालु आर्थिक वर्षको पुसमसान्तसम्म आयकर घरबहाल कर र ब्याजबाट १ खर्ब ३१ अर्ब ५ करोड ९ लाख २८ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । जसमा १ खर्ब २० अर्ब ९७ करोड १५ लाख २० हजार रुपैयाँ राजश्व संकलन गरेको छ । यस अवधिमा ९२ प्रतिशत मात्र राजश्व संकलन भएको छ ।

आव २०७७ को सोही अवधिमा सरकारले आयकरबाट ९६ अर्ब ३९ करोड ३७ लाख ८५ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा यो वर्ष राजश्व संकलन १२५.५० प्रतिशतले बढी छ ।

सरकारले आयकरबाट १ खर्ब १२ अर्ब ५ करोड ३० लाख ९ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा १ खर्ब ८ अर्ब १ करोड ९५ लाख ५६ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । लक्ष्यअनुसार ९६ प्रतिशत राजश्व संकलन गरेको विभागले जानकारी दिएकाे छ । 

 विभागका अनुसार गत वर्षको तुलनामा यो वर्ष राजश्व संकलनमा १२९.९५ प्रतिशतले वृद्धि भएको छ । आव २०७७ को सोही अवधिमा आयकर शीर्षकबाट ८३ अर्ब १२ करोड ६३ लाख ६४ हजार रुपैयाँ संकलन भएको थियो ।  

विभागले घरबहाल कर शीर्षकबाट यो वर्ष सरकारले २ अर्ब ३ करोड २ लाख ४८ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा १ अर्ब ४९ करोड १२ लाख ४ हजार रुपैयाँ संकलन गरेको छ । गत वर्षको सोही अवधिमा घरबहाल करबाट १ अर्ब ३९ करोड ७३ लाख ५४ हजार रुपैयाँ राजश्व संकलन भएको थियो । यस अवधिमा लक्ष्य अनुसार ७३ प्रतिशत मात्र राजश्व संकलन भएको तथ्याङकमा उल्लेख गरिएकाे छ । 

ब्याजबाट सरकारले यो वर्ष १६ अर्ब ९६ करोड ७६ लाख ७१ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । जसमा ११ अर्ब ४६ करोड ८ लाख ३९ हजार रुपैयाँ मात्र राजश्व संकलन  गरेको छ । यो लक्ष्य अनसुार ६८ प्रतिशत मात्र राजश्व संकलन भएको हो ।

विभागका अनुसार सरकारले पुसमसान्तसम्म भ्याटबाट ६१ अर्ब २० करोड ६० लाख  २४ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएकामा ५३ अर्ब ५२ करोड १९ लाख ७१ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । यस अवधिमा लक्ष्य अनुसार ८७ प्रतिशत मा राजश्व संकलन भएको हो । गत वर्षको सोही अवधिमा भ्याटबाट ५४ अर्ब ८३ करोड ५९ लाख ६८ हजार राजश्व संकलन गरेको थियो । 

अन्तशुल्क शीर्षकबाट सरकारले ४७ अर्ब ४९ करोड १३ लाख ६१ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा ४७ अर्ब ७१ करोड ९८ लाख १८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ  । गत वर्ष अन्तशुल्क शीर्षकबाट ३७ अर्ब ८० करोड ४५ लाख ६० हजार रुपैयाँ राजश्व संकलन गरेको थियो ।

विभागले स्वास्थ्य सेवा शीर्षकमा लक्ष्य भन्दा दोब्बर राजश्व संकलन भएको छ । यस अवधिभित्र १ अर्ब ४६ करोड ३६ लाख २९ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । यस अवधिमा २ अर्ब ९७ करोड ५४ लाख ६५ हजार रुपैयाँ संकलन भएको छ । जसअनुसार लक्ष्य भन्दा २०३ प्रतिशतले  बढी हो ।  अघिल्लो आवको सोही अवधिको तुलनामा यो वर्षको ११९ प्रतिशतले बढी राजश्व संकलन भएको विभागकाे तथ्यांकमा उल्लेख छ । 

विभागका अनुसार सरकारले पुस मसान्तसम्ममा शिक्षा शीर्षकबाट २८ करोड २० लाख ५७ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । यस अवधिमा लक्ष्य अनुसार ५६ प्रतिशत मात्र राजश्व संकलन भएको छ । सरकारले पुष मसान्तसम्म ५० करोड २१ लाख ५२ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको थियाे । सरकारले  गत वर्षको भन्दा याे वर्षको राजश्व संकलनमा १७३.१४ प्रतिशतले बढी राजश्व संकलन गरेको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत