गाउँ सहर
मोटरसाइकलको ठक्करबाट ज्येष्ठ नागरिकको मृत्यु
- गाउँ सहर संवाददाता
- ३० पौष शुक्रबार, २०७८ | ११:५६:०० मा प्रकाशित
काठमाडाैं । मोटरसाइकलको ठक्करबाट एक जनाकाे मृत्यु भएकाे छ । झापाको भद्रपुर नगरपालिका–४ मा मोटरसाइकलको ठक्करबाट गए राति एक ज्येष्ठ नागरिकको मृत्यु भएको हाे । भद्रपुर–४ स्थित भद्रपुर–बनियान भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे१०प ४४१९ नंको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ७७ वर्षीय जगतबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिएका छन् ।
गम्भीर घाइते भएका कार्कीको भद्रपुरस्थित ओम साई पाथीभरा अस्पतालमा उपचारको क्रममा राति नै उनकाे मृत्यु भएकाे प्रहरिले जनाएकाे छ ।
घटनामा संलग्न मोटरसाइकल र चालक कचनकवल–७ का माधवप्रसाद राजवंशी नियन्त्रणमा रहेकाे प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
- गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बित
- नेप्से ५ अंकले घट्यो, सूचक घटे पनि लगानीकर्ताको उत्साह
- प्रधानमन्त्री कार्यालयको कालो सूचीमा परे यी ६ निर्माण कम्पनी
- २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेको रोशीमा
- अब कृषि विकास बैंकको स्मार्ट प्लस एपबाटै डिसहोमका सेवा नवीकरण गर्न सकिने
- नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
- चक्रवात ‘अर्णव’को प्रभाव नेपालभर, कोशीदेखि कर्णालीसम्म वर्षा र हिमपातको सम्भावना
- चित्रमा हेर्नुहाेस् कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार)सम्मकाे माैसम
प्रतिकृया दिनुहोस