स्वास्थ्य

काराेना अपडेट : बिहीबार ३ हजार ५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि, २७१ जनाले गरे स्वास्थ्य लाभ

काठमाडाैं । देशमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १५ हजार ८१ जनामा परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

बिहीबार एक जनाकाे काेराेना संक्रमणका कारणा मृत्यु भएकाे मन्त्रालयले जानकारी दिएकाे छ । 

त्यसैगरी साेही समयमा २७१ जनाले निकाे भएका छन् । 

गाउँ सहर संवाददाता