क्लियरिङ हाउसको ३८ प्रतिशत बाेनस पारित, सञ्चालकमा गुरुङ र श्रेष्ठ चयन
- गाउँ सहर संवाददाता
- २९ पौष बिहीबार, २०७८ | १०:०९:०० मा प्रकाशित

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले गत बर्षको नाफाबाट प्रस्ताव गरिएको लाभांश पारित गरेको छ । अनलाइन र अफलाइन माध्यमबाट भएको साधारणसभाले अधिकृत पुँजी एक अर्ब पुर्याउने प्रस्ताव पारित गरेको छ ।
सभाले चुक्ता पुँजी ४१.१ करोड रुपैयाँको ३८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसपछि पुँजी ५६ करोड ७६ लाख रुपैयाँ पुग्ने छ । बोनस शेयरको कर प्रयोजनका लागि २ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पारित गरेको छ ।
कम्पनीले पूँजी वृद्धी मार्फत भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु स्थापना गर्ने, जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने साथै नेशनल पेमेन्ट स्वीचअन्र्तगतको हाल कार्यान्वयनमा रहेको पूर्वाधार स्थापना गर्न बढाइएको पूँजी प्रयोग गर्नेछ ।
कम्पनीले सञ्चालन गर्दै आएका भुक्तानी प्रणालीहरुको कारोवार शुल्क अत्याधिक रुपमा घटाएता पनि कम्पनीको भुक्तानी कारोबार संख्यामा उल्लेख्य वृद्धी भएको जनाएको छ । अघिल्लो आर्थिक बर्षको ४ महिनामा कोभिड–१९ को पहिलो लकडाउनमा कम्पनीले सम्पूर्ण कारोवारको शुल्कमा छुट दिएको कारण आर्थिक बर्ष २०७७/७८ मा कम्पनीको खुद नाफा ३८ प्रतिशतले बृद्धी भएको जनाएको छ । त्यसैगरी कम्पनीले कुल पूँजी तथा जगेडा कोषको अनुपातमा ३१ प्रतिशत बराबरको नाफा प्राप्त गरेको जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा २ प्रतिशतले बढि हो ।
बैठकले कम्पनीको सञ्चालक समितिमा दुई जना नयाँ सञ्चालकहरु निर्विरोध चयन गरेको छ । बिकास बैंकलाई प्रतिनिधित्व गर्दै मुक्तिनाथ विकास बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र फाइनान्स कम्पनीलाई प्रतिनिधित्व गर्दै रिलायन्स फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत समाजप्रकाश श्रेष्ठ सञ्चालक चयन भएका हुन्। सञ्चालक समितिमा ६ जना पुगेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस