आइएमई फाउन्डेसनद्वारा छात्रवृत्ति आह्वान, छनाेट हुने विद्यार्थीले १० हजार डलरकाे छात्रवृत्ति पाउने
- गाउँ सहर संवाददाता
- २८ पौष बुधबार, २०७८ | १८:५१:०० मा प्रकाशित
काठमाडौं । जीएमई कोरियाको सहकार्यमा आइएमई फाउन्डेसनले सफ्टवेयर इन्जिनियरिङ्गमा स्नातकोत्तर तहमा अध्ययन गर्न दुई जनालाई छात्रवृति दिने भएकाे छ ।
सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका फाउन्डेसनले कोरियास्थित जुनसुकै विश्वविद्यालयमा सफ्टवेयर इन्जिनियरिङ्ग विषयमा स्नातकोत्तर अध्ययनका लागि छात्रवृत्ति दिने भएकाे हाे ।
माघ २८ गतेसम्म यसकाे लागि इच्छुक विद्यार्थीले आफ्नो व्यक्तिगत विवरण (बायोडाटा) फाउन्डेसनलाई पठाउनु पर्नेछ ।
फाउन्डेसनकाे अनुसार उक्त छात्रवृत्ति अन्तर्गत प्रतिव्यक्ति वार्षिक १० हजार अमेरिकन डलरका दरले छात्रवृत्ति रकम प्रदान गरिनेछ । सफ्टवेयर इन्जिनियरिङ्ग विषयमा कम्तिमा स्नातक तह उतीर्ण इच्छुक जो कोहीले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् ।
कोरियामा अध्ययनरत रहँदा जीएमई कोरियामा स–शूल्क इन्टर्नसीपको अवसर प्राप्त हुनेछ भने अध्ययनको समाप्तिपछि कम्तीमा दुई वर्ष जीएमई कोरियामा पूर्णकालिन आवद्व हुनुपर्नेछ । यसका अतिरिक्त कोरियामा स्नातकोत्तर अध्ययन गर्ने छात्र/छात्राहरूलाई प्राध्यापकहरूसँग ल्याबमा काम गर्ने अवसरसमेत प्राप्त हुने सम्भावना रहने फाउन्डेसनले जनाएकाे छ ।
पढाईमा अब्बल, नेतृत्व क्षमता एवम् अतिरिक्त क्रियाकलापमा विशेष रूचि राख्ने आवेदकलाई उच्च प्राथमिकता दिइने फाउन्डेसनले जनाएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
प्रतिकृया दिनुहोस