स्वास्थ्य

काठमाडाैं उपत्यका बन्याे काेराेना हटस्पट, एकै दिनमा १२ सय बढी संक्रमित थपिए

काठमाडाैं । नेपालमा कोरोना संक्रमितको संख्या तीब्र रूपमा बढिरहँदा उपत्यका कोरोनाभाइरस संक्रमणको हटस्पट बनेको छ । पछिल्लो २४ घण्टामा उपत्यकामा १२ सय ८६ जना संक्रमित थपिएका छन् ।  काठमाडौँमा ९८० जना, ललितपुरमा २२१ जना तथा भक्तपुरमा ८५ जना रहेका छन् । यो सङ्ख्या कूल सङ्क्रमितको ५० प्रतिशतभन्दा बढी हो ।

पछिल्लाे २४ घणटामा देशभर थप २ हजार ४४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ । १४ हजार ३३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८१ तथा एन्टिजेन विधिबाट ४६३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५२२ पुगेको छ ।

गाउँ सहर संवाददाता