काठमाडाैं । भारतमा पछिल्लो २४ घण्टामा १ लाख ६७ हजार कोरोनाभाइरसका संक्रमित थपिएका छन् । ६९ हजार ७९८ संक्रमित निको भएकाे भारतको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधीमा थप २७७ जनाको मृत्यु भएको छ । सोमबारभन्दा आज ९७ हजार ४७५ संक्रमित थपिएका हुन् । अहिले भारतभर ८ लाख संक्रमित उपचार गराइरहेका छन् ।
आठ दिन अघि यो आँकडा एकलाख मात्र थियो । पाँचदिनदेखि भारतमा संक्रमित संख्या १ लाखभन्दा माथि छ । राजधानी दिल्लीमा सबै निजी कार्यालय र रेष्टुरेन्ट बन्द गर्न आदेश दिइएको छ ।
मानिसलाई घरबाट काम गर्न अनुमति दिइएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले संक्रमितलाई योग कक्षा सुरु गर्न निर्देशन दिएका छन् । संक्रमितलाई वेब–लिंक पठाइएको मन्त्रालयले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस