पहिलो पटक विश्वमै सुँगुरको मुटु मानव शरीरमा सफल प्रत्यारोपण
- गाउँ सहर संवाददाता
- २७ पौष मंगलबार, २०७८ | १२:२१:०० मा प्रकाशित

बिबिसी । सुँगुरको मुटु मानव शरीरमा सफल प्रत्यारोपण गरिएको छ । पहिलो पटक विश्वमै सुँगुरको मुटु मानव शरीरमा प्रत्यारोपण गरिएको हाे । टर्मिलन मुटुरोग भएका अमेरिको मेरिल्याण्ड निवासी ५७ बर्षीय पुरुषमा सुँगुरको मुटु प्रत्यारोपण सफल भएको बिबिसीले जनाएको छ । यो मुटु प्रत्यारोपण गर्ने विश्वकै ति पुरुष पहिलो व्यक्ति बनेका छन् ।
प्रयोगात्मक शल्यक्रियाका लागि मेरिल्याण्ड विश्वविद्यालयलाई अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए)ले आपतकालीन अनुमति दिएको थियो ।
शल्यक्रियाअघि बेनेटले सुँगुरबाट मुटु लिनु आफ्नो अन्तिम छनोट भएको बताएका थिए ।‘कि मेरो मृत्यु भयो कि प्रत्यारोपण सफल भयोु शल्यक्रियाको अघिल्लो दिन बेनेटले भनेका थिए, ‘यो अँध्यारोमा हानिएको एउटा गोली हो, तर यो मेरो अन्तिम छनोट हो।’ विश्व विद्यालयले जारी गरेको विज्ञप्ति उल्लेख गरिएकाे छ ।
मानव शरीरमा सुँगुरकाे मृगाैला सफल प्रत्याराेपण
याे भन्दा पहिले अमेरिकामा सुँगुरको मृगौला एक महिलामा प्रत्यारोपण गरिएको थियो । मृगौलामा समस्या देखिएकी महिलामा प्रत्यारोपणभन्दा पहिले असामान्य ‘क्रिएटिनाइन लेभल’ रहेको थियो । जुन कमजोर मिर्गौलाको संकेत हो । सुँगुरको मिर्गौला प्रत्यारोपण गरिसकेपछि भने सो स्तर सामान्य अवस्थामा फर्किएको शल्यक्रियाको नेतृत्व गरेका डाक्टर रोबर्ट मोन्टगोमेरीले जानकारी दिएका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस