पहिलो पटक विश्वमै सुँगुरको मुटु मानव शरीरमा सफल प्रत्यारोपण
- गाउँ सहर संवाददाता
- २७ पौष मंगलबार, २०७८ | १२:२१:०० मा प्रकाशित
बिबिसी । सुँगुरको मुटु मानव शरीरमा सफल प्रत्यारोपण गरिएको छ । पहिलो पटक विश्वमै सुँगुरको मुटु मानव शरीरमा प्रत्यारोपण गरिएको हाे । टर्मिलन मुटुरोग भएका अमेरिको मेरिल्याण्ड निवासी ५७ बर्षीय पुरुषमा सुँगुरको मुटु प्रत्यारोपण सफल भएको बिबिसीले जनाएको छ । यो मुटु प्रत्यारोपण गर्ने विश्वकै ति पुरुष पहिलो व्यक्ति बनेका छन् ।
प्रयोगात्मक शल्यक्रियाका लागि मेरिल्याण्ड विश्वविद्यालयलाई अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए)ले आपतकालीन अनुमति दिएको थियो ।
शल्यक्रियाअघि बेनेटले सुँगुरबाट मुटु लिनु आफ्नो अन्तिम छनोट भएको बताएका थिए ।‘कि मेरो मृत्यु भयो कि प्रत्यारोपण सफल भयोु शल्यक्रियाको अघिल्लो दिन बेनेटले भनेका थिए, ‘यो अँध्यारोमा हानिएको एउटा गोली हो, तर यो मेरो अन्तिम छनोट हो।’ विश्व विद्यालयले जारी गरेको विज्ञप्ति उल्लेख गरिएकाे छ ।
मानव शरीरमा सुँगुरकाे मृगाैला सफल प्रत्याराेपण
याे भन्दा पहिले अमेरिकामा सुँगुरको मृगौला एक महिलामा प्रत्यारोपण गरिएको थियो । मृगौलामा समस्या देखिएकी महिलामा प्रत्यारोपणभन्दा पहिले असामान्य ‘क्रिएटिनाइन लेभल’ रहेको थियो । जुन कमजोर मिर्गौलाको संकेत हो । सुँगुरको मिर्गौला प्रत्यारोपण गरिसकेपछि भने सो स्तर सामान्य अवस्थामा फर्किएको शल्यक्रियाको नेतृत्व गरेका डाक्टर रोबर्ट मोन्टगोमेरीले जानकारी दिएका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
प्रतिकृया दिनुहोस