अर्थतन्त्र

उकालाे लाग्याे सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं । आज नेपाली बजारमा सुनको मूल्य उकालाे लागेकाे छ । साेमबार सुनको मूल्य प्रतितोला ९१ हजार ३ सयमा कारोबार भएकोमा मंगलबार तोलामा तीन सयले बढेको हो । 

आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार एक सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२२० मा कारोबार भएकोमा आज बढेर प्रतितोला १२३० रुपैयाँ मूल्य कायम गरिएको महासंघले बताएकाे छ ।   

गाउँ सहर संवाददाता