सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले आगन्तुक रिसोर्टमा छुट पाउने
- गाउँ सहर संवाददाता
- २७ पौष मंगलबार, २०७८ | ०९:३९:०० मा प्रकाशित
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले आगन्तुक रिसोर्टमा छुट पाउने छन् ।
बैंक र उक्त कम्पनी बीच आयोजित एक कार्यक्रममा आगन्तुक रिसोर्ट प्रालिले प्रदान गर्ने सेवाहरुमा बैंकका कर्मचारी र ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी उक्त सहमती पत्रमा बैंकको तर्फबाट प्रमुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र आगन्तुक रिसोर्ट प्रालिका तर्फबाट उक्त कम्पनीका संचालक संयोजक कृष्ण ज्ञवालीले हस्ताक्षर गरे ।
सम्झौतापत्र अनुसार अव यस बैंकका कर्मचारी तथा ग्राहक महानुभावहरुले आगन्तुक रिसोर्ट प्रालिबाट प्राप्त हुने सेवा मध्ये खाना तथा पेय पदार्थमा वढीमा १५ प्रतिशत र आवाशमा २३ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक तथा कर्मचारीहरुले सेवा खरिद गर्दा बैंकको डेविट कार्ड तथा मोवाइल बैंकिङ्ग वा क्यूआर कोर्ड मार्फत सेवा खरिद गरी उक्त छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर १०५ शाखा कार्यालयहरु, ३२ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
प्रतिकृया दिनुहोस