स्वास्थ्य
एकैदिन थपिए १४४६ काेराेना संक्रमित जना, २५५ जना संक्रमणमुक्त
- गाउँ सहर संवाददाता
- २६ पौष सोमबार, २०७८ | १७:०१:०० मा प्रकाशित
काठमाडाैं । पछिल्लाे दिनमा काेराेना संक्रमितहरूकाे संख्या दिनहँ बढिरहेकाे छ । अघिल्लाे सातासम्म हजारभन्दा कम संक्रमित हुने गरेकाेमा अहिले उकालाे लागिरहेकाे छ ।
नेपालमा पछिल्लो २४ घण्टामा १४४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ९६५ जनाको पीसीआर परीक्षणमा १३५७ र २ हजार ४६४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८९ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २ कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २५५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
निको हुने दर ९७ दशमलब ७ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।
.jpg)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
प्रतिकृया दिनुहोस