अवैध सालको काठ लोड गरिएको टाटा पिकअप गाडीसहित दुई जना पक्राउ
- गाउँ सहर संवाददाता
- २६ पौष सोमबार, २०७८ | १३:३५:०० मा प्रकाशित

धनुषा । प्रहरीले अवैध सालको काठ लोड गरिएको टाटा पिकअप गाडीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । धनुषा सब डिभिजन वन कार्यालयले अवैध सालको काठ लोड गरिएको टाटा पिकअप गाडीसहित दुई जनालाई नियन्त्रणमा लिएको हाे । सब डिभिजन वन कार्यालय लालगढबाट खटिएको टोलीले आइतबार राति ९ बजे जिल्लाको मिथिला नगरपालिका १० स्थित कुष्ठरोग अस्पताल जाने सडकमार्गबाट नौ थान सालको करी लोड गरिएको अवस्थामा पिकअप गाडीसहित दुई जनालाई नियन्त्रणमा लिइएको जनाएकाे छ ।
सब डिभिजन वन कार्यालय लालगढका वन अधिकृत मदन चौधरीले बा. ९ च. ४९२८ नम्बरको टाटा पिकअप गाडी, त्यसका चालक महोत्तरीको बर्दिबास नगरपालिका १४ बस्ने कमल विश्वकर्मा र सोही गाडीमा सवार मिथिला नगरपालिका ११ तुसलीका जीवनराना मगरलाई नियन्त्रणमा लिएको बताएका छन् ।
नियन्त्रणमा लिइएको काठसहित गाडी वन कार्यालय लालगढमा राखिएको छ भने पक्राउ परेका दुई जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाको जिम्मा लगाएको उनले जानकारी दिए । पक्राउ परेका दुई जनामाथि अवैध काठ ओसारपसारको मुद्दा चलाउने अधिकृत चौधरीले भने । अवैधरुपमा सालका काठ चोरी निकासी हुँदैछ भन्ने विशेष सूचनाका आधारमा स्थानीय प्रहरीको सहयोगमा सो गाडीसहित दुईजनालाई नियन्त्रणमा लिन सफल भएको अधिकृत चौधरीले बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस