काठमाडाैं । विद्यालयहरु बन्द गर्ने सीसीएमसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय शिक्षा मन्त्रालयले गरेको छ । माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने सीसीएमसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय शिक्षा मन्त्रालयले गरेको हाे ।
शर्माले भने, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले सीसीएमसीको सिफारिस अनुसारकै सूचना जारी गर्ने बताएका छन् । ‘विद्यालय बन्द सम्बन्धमा हामी आजै सूचना जारी गर्ने तयारीमा छौं’, सूचना सीसीएमसीकै सिफारिस अनुसारको हुन्छ ।’
कोभिडकाे संक्रमण बढेपछि सीसीएमसीले विद्यालयहरु माघ १५ गतेसम्म बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । सो सिफारिस सार्वजनिक भएपछि आज शिक्षा मन्त्रालयका अधिकारीहरु छलफलमा बसेका हुन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस