उपत्यकामा काेराेना संक्रमणदर उच्च भएसँगै स्कुल कलेज बन्द हुन थाले
- गाउँ सहर संवाददाता
- २५ पौष आइतबार, २०७८ | १३:२९:०० मा प्रकाशित

काठमाडाैं । कोरोना संक्रमणदर बढ्दै गएपछि काठमाडौं उपत्यकाभित्रका स्कुल कलेजहरु बन्द हुन थालेका छन् । काठमाडौं उपत्यकामा सबैभन्दा बढी संक्रमित भेटिएपछि त्रासदी बढेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार, शनिबार १३ हजार दुई सय ६४ नमूनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा नौ सय ४४ जनामा कोरोना पुष्टी भएको थियो भने शुक्रबार देशभर १४ हजार नौ सय ७१ नमुना परीक्षणमा नौ सय ६८ जनामा संक्रमण देखिएको थियो । बढी संक्रमित काठमाडौं उपत्यकामा देखिएका छन् ।
संक्रमणदर बढेसँगै नेपालमा कोरोनाको नयाँ भेरियन्ट पनि देखिन थालिसकेको छ । मन्त्रालयले शुक्रबार मात्रै एकै दिन २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टी गरेको थियो ।
राजनीतिक दलका ठूला कार्यक्रमहरुबाट नै कोरोना संक्रमण फैलिएको पुष्टी भएका छ । माओवादी केन्द्रको काठमाडौंमा सम्पन्न आठौं महाधिवेशनबाट कोरोना फैलिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठसहित माओवादीका दर्जन बढी नेता कार्यकर्तालाई कोरोना पुष्टी भएको हाे ।
गत आइतबार यता कोरोना संक्रमणदर बढ्दै गएको छ । देशभरीको जोड्ना संक्रमणदर कम देखिए पनि काठमाडौं उपत्यकाको संक्रमण दर ह्वात्तै बढेको छ ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढ्दै गएपछि आइतबार उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ ।
शैक्षिक क्षेत्रकाबारेमा के गर्ने सरकार अहिलेसम्म कुनै निर्णय नगरेपछि काठमाडौंका केही कलेजहरु बन्द भइसकेको छ । उनीहरुले अनलाइनबाट अध्यापन सुरु गरिसकेका छन् । कोरोना संक्रमणकै कारण काठमाडौंको बानेश्वरस्थित एस कलेजले शुक्रबारदेखि नै कलेज बन्द गरेर भर्चुअल कक्षा सञ्चालन गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
प्रतिकृया दिनुहोस