स्वास्थ्य

हेल्चेक्राईँले तीब्र रूपमा बढ्याे काेराेना : ११६७ जनामा संक्रमण पुष्टि, थप दुई जनाकाे मृत्यु

काठमाडाें । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा थप दुई जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। यससँगै नेपालमा हालसम्म कोरोनबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६०४ पुगेको छ ।

यस्तै २२४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल देशभर ६ हजार ७५५ सक्रिय संक्रमित छन् ।

गत २४ घण्टामा ८ हजार ८४८ पीसीआर तथा  ३ हजार ७८४ एन्टिजेन परीक्षण भएको छ ।

गाउँ सहर संवाददाता