पोखराको त्रिवेणी ईन्टरनेशनल कलेजको साधारण सभा
- गाउँ सहर संवाददाता
- २५ पौष आइतबार, २०७८ | १०:३३:०० मा प्रकाशित

लेखनाथ । स्नातकोत्तर तहमा एमबीएस सञ्चालन भएको लेखनाथ क्षेत्रको एक मात्रै कलेज त्रिवेणी ईन्टरनेशनल कलेज पोखरा–२७ को छैटौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै कास्की क्षेत्र नं २ की संघीय सांसद विद्या भटृराईले शिक्षा लिनु सक्षम बन्नु हो भन्दै स्नातकोत्तर तहमा एमबीएस सञ्चालन गरेर कलेजले यस क्षेत्रको शैक्षिक विकासमा इटा थपेको वताइन । उनले निजी शैक्षिक संस्थाप्रतिको दृष्टिकोणमा परिवर्तन गरिनुपर्ने बताउँदै शिक्षा क्षेत्रको सुधारको लागि आफूले सक्दो गरिरहेको वताएकी थिईन ।
कार्यक्रममा प्राडा ईन्द्रप्रसाद तिवारी, पुर्वअध्यक्ष एवं सल्लाहकार राजेन्द्रमणि लामिछाने, पोखरा महानगरपालिका वडा नं. ३२ का अध्यक्ष अक्कलबहादुर कार्र्की, त्रिभुवन शान्ति माविका प्राचार्य मित्रलाल सापकोटा, कलेज सञ्चालक समितिका सदस्य विनोद लामिछाने, हिसान कास्कीका अध्यक्ष एवम् डायमण्ड माविका प्राचार्य यमबहादुर रोका, विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष सृष्टि तिवारी, विद्यार्र्थीहरुको तर्फबाट सुनिता गौतम लगायतले बोलेका थिए ।
शनिबार नै कलेज र ग्रिन डेभलपमेण्ट बैंकबीच समझदारीपत्र एमओयू हस्ताक्षर सम्पन्न भएको छ । ग्रिन डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत उमेश आचार्य र कलेज सञ्चालक समितिका अध्यक्ष सुमन भटृराईले एमओयूमा हस्ताक्षर गरेका थिए । कलेजको स्तरोन्नतिमा सहयोग गर्नुका साथै विद्यार्थीहरुलाई ईन्टर्नसिप एवं रोजगारी प्रदान गरिने समझदारी पत्रमा उल्लेख गरिएको छ ।
कलेज सञ्चालक समितिका अध्यक्ष सुमन भटृराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख यदुराज आचार्यले शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख डिल्लीराम पौडेलले गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस