पोखराको त्रिवेणी ईन्टरनेशनल कलेजको साधारण सभा
- गाउँ सहर संवाददाता
- २५ पौष आइतबार, २०७८ | १०:३३:०० मा प्रकाशित
लेखनाथ । स्नातकोत्तर तहमा एमबीएस सञ्चालन भएको लेखनाथ क्षेत्रको एक मात्रै कलेज त्रिवेणी ईन्टरनेशनल कलेज पोखरा–२७ को छैटौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै कास्की क्षेत्र नं २ की संघीय सांसद विद्या भटृराईले शिक्षा लिनु सक्षम बन्नु हो भन्दै स्नातकोत्तर तहमा एमबीएस सञ्चालन गरेर कलेजले यस क्षेत्रको शैक्षिक विकासमा इटा थपेको वताइन । उनले निजी शैक्षिक संस्थाप्रतिको दृष्टिकोणमा परिवर्तन गरिनुपर्ने बताउँदै शिक्षा क्षेत्रको सुधारको लागि आफूले सक्दो गरिरहेको वताएकी थिईन ।
कार्यक्रममा प्राडा ईन्द्रप्रसाद तिवारी, पुर्वअध्यक्ष एवं सल्लाहकार राजेन्द्रमणि लामिछाने, पोखरा महानगरपालिका वडा नं. ३२ का अध्यक्ष अक्कलबहादुर कार्र्की, त्रिभुवन शान्ति माविका प्राचार्य मित्रलाल सापकोटा, कलेज सञ्चालक समितिका सदस्य विनोद लामिछाने, हिसान कास्कीका अध्यक्ष एवम् डायमण्ड माविका प्राचार्य यमबहादुर रोका, विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष सृष्टि तिवारी, विद्यार्र्थीहरुको तर्फबाट सुनिता गौतम लगायतले बोलेका थिए ।
शनिबार नै कलेज र ग्रिन डेभलपमेण्ट बैंकबीच समझदारीपत्र एमओयू हस्ताक्षर सम्पन्न भएको छ । ग्रिन डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत उमेश आचार्य र कलेज सञ्चालक समितिका अध्यक्ष सुमन भटृराईले एमओयूमा हस्ताक्षर गरेका थिए । कलेजको स्तरोन्नतिमा सहयोग गर्नुका साथै विद्यार्थीहरुलाई ईन्टर्नसिप एवं रोजगारी प्रदान गरिने समझदारी पत्रमा उल्लेख गरिएको छ ।
कलेज सञ्चालक समितिका अध्यक्ष सुमन भटृराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख यदुराज आचार्यले शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख डिल्लीराम पौडेलले गरेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
प्रतिकृया दिनुहोस