नेपालमा थप २४ जनामा देखियाे ओमिक्रोन भाइरस, भित्रभित्रै फैलिएकाे आशंका
- गाउँ सहर संवाददाता
- २३ पौष शुक्रबार, २०७८ | १३:३३:०० मा प्रकाशित
काठमाडौं । नेपालमा थप २४ जनाको कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएका २५० वटा नमूनामध्ये २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।
योसँगै नेपालमा ओमिक्रोन संक्रमित भेटिनेको संख्या २७ पुगेको छ ।
पुस महिनामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशभरबाट १ हजार १४६ वटा नमूनाको जिन सिक्वेन्सिङ गरेको थियो । सो नमूनाहरुमध्ये २५० वटामा एस जिन नेगेटिभ देखिएको थियो ।
'पुस महिनामा संकलित जम्मा ११४६ पोजिटिभ नमूनाहरुको एस जीन स्क्रिनिंग गर्दा २५० वटा नमुनाहरु (२२ प्रतिशत) एस जीन नेगेटिभ पत्ता लागेको छ। एक जीन नेगेटिभ पत्ता लागेका २४ स्याम्पलहरुको जीन सिक्वेनसिङ गर्दा सबै नमुनाहरुमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो' मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ।
एस जिन नेगेटिभ देखिएकाहरुमध्ये २४ वटामा भने ओमिक्रोन पुष्टि भएको मन्त्रालयको जनाएको छ ।
ओमिक्रोन भेरियन्टले गर्दा हुन सक्ने अत्यधिक बिरामीहरूको चापलाई मध्यनजर गर्दै सबै अस्पतालहरुलाई तयारी अवस्थामा रहन, उपचारका लागि आवश्यक पर्ने अक्सिजन लगायत अन्य सामाग्रीहरुको यथेस्ट जोहो गर्न र स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।
यसका साथै एस जीन स्क्रिनिंग गर्ने सुबिधा देशका अन्य स्थानहरु (वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, त्रि.वि शिक्षण अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला-प्रदेश २, भेरी अस्पताल) बाट पनि संचालनमा रहेको मन्त्रालयको सूचनामा उल्लेख गरिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
प्रतिकृया दिनुहोस