गाउँ सहर

एघारौँ पोखरा महोत्सवलाई संघ संस्थाहरुले सहयोग गर्ने

पोखरा । आगामी पुषको २८ देखि पोखराको अमरसिंह चौरमा आयोजना हुने एघाराैँ संस्करणको पोखरा महोत्सवलाई पोखरामा भएका विभिन्न संघ संस्थाहरुले सहयोग गर्ने भएका छन् । युनाईटेड क्लवको आयोजना हुने महोत्सवको उद्घाटनको दिन पोखरामा रहेका विभिन्न संघ, संस्था, आमा समुह, टोल बिकास संस्थाहरुले आ-आफ्नो झाँकी तथा र्‍याली सहभागीता जनाएर सहयोग गर्ने भएका हुन् ।

बिहीबार महोत्सव स्थल पोखराको अमरसिंहचौरमा आयोजित छलफलमा सहभागीहरुले पोखरा महोत्सवलाई सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । 

नेपाल मगर इकाई समिति रामबजारका अध्यक्ष क्याप्टेन थमन थापामगरले पोखरा महोत्सव आयोजक युनाईटेड क्लवको सामाजिक कामको सबैले सिको गर्नुपर्नेमा जोड दिए । युनाईटेड क्लवको महोत्सवमा सहभागीता जनाएर समाजिक काममा लाग्न समेत थापाले जोड दिए ।

त्यसैगरी नगर महिला समन्वय समितिका उपाध्यक्ष इन्द्रमाया बानियाले पोखरा महोत्सव हामी सबैको महोत्सव भएकाले सबैले सहयोग गर्नुपर्ने बताउदै महोत्सवमा बढी भन्दा बढी मात्रामा झाँकी र्‍यालीको सहभागीता जनाउनका लागी अन्य संघ संस्थाहरुलाई आब्हान गर्ने बताइन् ।

त्यस्तै क्लवका अध्यक्ष राजु श्रेष्ठले महोत्सवलाई सफल बनाउन संघ संस्थाहरुको योगदान महत्वपूर्ण रहेको बताउदै आगामी दिनमा पनि सहकार्य गरेर अगाडि बढ्न आग्रह गरे ।

क्लवका पूर्व अध्यक्ष तथा महोत्सव संघ संस्था परिचालन उपसमिति संयोजक सुकबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लवका द्वितिय उपाध्यक्ष तथा सचिवालयका संयोजक गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रममा महोत्सवका सल्लाहकार समरबहादुर श्रेष्ठ, दुचीमार्ग टोल बिकास संस्थाका अध्यक्ष किरण प्रसाद भट्टचन लगायतले आ -आफ्नो भनाइ राखेका थिए । कार्यक्रमको सञ्चालन क्लवका महासचिव तथा महोत्सवका प्रचार प्रसार संयोजक शान्तबहादुर थापाले गरेका थिए । 

गाउँ सहर संवाददाता

तपाईँको मत