प्रविधि

भायनेटले ल्यायो ५० हजार रुपैयाँको पुरस्कार राशिसहितको अल्ट्राफाई टिकटक च्यालेन्ज

काठमाडाैँ । हामी सबैलाई थाहा छ, भायानेटले  केहि समय अघि काम गर्ने, खेल्ने र पढ्ने बढ्दो आवश्यकताहरू पूरा गर्न आफ्ना ग्राहकहरूलाई उच्च-गति, उच्च-गुणस्तरको इन्टरनेट सेवाहरू प्रदान गर्ने उद्देश्यले आकर्षका अफर सहित, "अल्ट्रा-फाई प्याक" लन्च गरेको थियो । यसै अफरमा ग्राहकको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै भायनेटले अब "भायानेट अल्ट्रा-फाई टिकटक च्यालेन्ज" नामक टिकटक प्रतियोगिता ल्याएको छ ।

यो प्रतियोगिता कुनै पनि उमेर समूहको लागी खुल्ला छ । प्रतियोगितामा भागलिन रचनात्मक र मनोरञ्जनात्मक भिडियोको साथमा भायनेटको आधिकारिक टिकटक च्यानलमा भएको साउन्ड ट्र्याक प्रयोग गरी भिडियो अपलोड गरेर सहभागी हुन सकिने कम्पनीले बताएकाे छ ।

"भायानेट अल्ट्रा-फाई टिकटक च्यालेन्ज" मा भाग लिनका लागि प्रतियोगीहरूले दिइएको भायानेट अल्ट्रा-फाई साउन्डट्र्याक प्रयोग गर्नुपर्छ https://www.tiktok.com/music/Vianet-ULTRAFI-7048130583305784090

गाउँ सहर संवाददाता