साताको अन्तिम दिन शेयर बजार परिसूचक हरियाली, काराेबार भने घट्याे
- गाउँ सहर संवाददाता
- २२ पौष बिहीबार, २०७८ | १५:१७:०० मा प्रकाशित
काठमाडाैं । साताको अन्तिम दिन बिहीबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ ।
आज नेप्से सूचक ४३.२९ अंकले बढेर २६९२.४७ को बिन्दुमा पुगेर रोकिएको छ ।
आज कारोबारमा आएका २३८ कम्पनीका ७३ लाख ३६ हजार ३ सय ३४ कित्ता शेयर कारोबारबाट ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । जस मध्ये अपि पावरको सबैभन्दा धेरै १६ करोड ३७ लाख , एनआइसी एसियाको १४ करोड ५२ लाख, तथा नेशनल माइक्रो फाइनान्सको १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका समुहगत सूचक मध्ये ट्रेडिङ र उत्पादन तथा प्रशोधन बाहेकका सबै समुहगत सूचक बढेका छन् । जसमध्ये होटेल समुह सबैभन्दा धेरै ३.४८ तथा हाइड्रो समुह २.४८ प्रतिशतले बढेको छ ।
आज मध्य भोटेकोशी जलविद्युत कम्पनी, नेपाल फाइनान्स र तेह्रथुम पावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जन्मदिनमा छोराको १७ लाखको जीवन बीमा, एजेन्सी म्यानेजर धमालाको उदाहरणीय पहल
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
प्रतिकृया दिनुहोस