जनतालाई सेवा छिटो छरितो दिन नसकेकाे भन्दै मन्त्री र सचिवसँग प्रधानमन्त्री असन्तुष्ट
- गाउँ सहर संवाददाता
- २१ पौष बुधबार, २०७८ | १८:४५:०० मा प्रकाशित
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई दिने सेवा छिटो छरितो सेवा दिन नसकेकाे भन्दै मन्त्री तथा सचिवहरूप्रति असन्तुष्टी व्यक्त गरेका छन् ।
जनतालाई दिने सेवा छिटो छरितो हुन नसकेको बताउँदै प्रधानमन्त्री देउवाले बुधबार मन्त्री र सचिवसँगको छलफलमा असन्तुष्टी जनाएका हुन् ।
प्रधानमन्त्री देउवाले राष्ट्रिय गौरवका आयोजनाको काम भए पनि जनतालाई छिटो सेवा दिन निर्देशन दिए ।
‘राष्ट्रिय गौरवका योजनाको काम भइराखेको छ’, प्रधानमन्त्री देउवाले भने, ‘जनतालाई दिने सेवा छिटो छरितो हुन सकेको छैन । यसमा हामीले ध्यान दिनुपर्छ ।’
प्रधानमन्त्री देउवाले कृषि प्रधान देशमा मलको समस्या भएकाले यसको व्यवस्थापनमा लाग्नुपर्नेमा जोड दिएका छन् । ‘हाम्रो कृषि प्रधान देश भएकाले मलको समस्या छ । हामीले मल अभाव हुन दिनु हुँदैन’, प्रधानमन्त्री देउवाले भने, ‘हामी सबैले मलखादका लागि पर्नुपर्छ ।’
जनतालाई अत्यावश्यक सेवा दिनु सरकारको कर्तव्य भएकाे उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भने-‘अत्यवाश्यक वस्तुको सेवा जनताले पाउनुपर्छ अत्यावश्यक सेवा दिनु सरकारको कर्तव्य हो ।’
प्रधानमन्त्री देउवाले खोप वितरण राम्रो भए पनि खोपका लागि जनतालाई सचेतना दिनुपर्नेमा जोड दिए । सबैले खोपलाई महत्व दिनुपर्ने उनको भनाइ छ ।
‘खोपका लागि जनतालाई सचेतना दिनुपर्ने देखिएको छ । खोप वितरण राम्रो भएको छ’, प्रधानमन्त्री देउवाले भने, ‘अझै पनि सबैले खोपलाई महत्वपूर्ण रुपमा ध्यान दिनुपर्ने छ ।’
निर्वाचनका सम्बन्धमा देउवाले भने- ‘निर्वाचन आयोगले निर्वाचनको तयारी गरिराखेको छ । निर्वाचनको सम्बन्धमा हामीले आयोगलाई सक्दो सहयोग गर्नुपर्छ । निष्पक्ष निर्वाचन होस् भन्ने हाम्रो चाहना रहेको छ । निर्वाचनमा गठबन्धनको सरकारले आपसी तालमेल गर्दै जानेछौँ भन्ने विश्वास छ ।’
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रको अवस्थाबारे प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस