अर्थतन्त्र

एनआईसी एसिया बैंकका ग्राहकलाई एनसेलमा निःशुल्क मोबाइल बैंकिङ्ग सुविधा

काठमाडाैं । एनआईसी एसिया बैंकले डिजिटल बैंकिङ्गको प्रवर्द्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ्ग (एनआईसी एसिया मोबैंक) एप, वेबसाइट, आईसर्भ तथा इन्टरनेट बैंकिङ एनसेलमा निःशुल्क चलाउन सकिने सुविधा ल्याएको छ। 

यस सुविधामार्फत बैंकका ग्राहकहरूले एनसेल डाटा प्रयोग गरी उक्त सुविधाहरू निःशुल्क प्रयोग गर्नसक्ने बैंकले जनाएको छ। 

ग्राहकले यी सेवाभित्र के–के निःशुल्क चलाउन पाउँछन्? 

एनआईसी एसिया मोबैंक एप : अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको स्थान पत्ता लगाउने, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानी, क्युआर भुक्तानी, आफ्नो गुनासोको सुनुवाइ तथा प्रोग्रेस ट्राकिङ जस्ता थुप्रै सुविधाहरू सहज रुपले निःशुल्क लिन सक्नेछन्। 

साथै, एपमार्फत विभिन्न कम्पनीहरूले जारी गर्ने प्रारम्भिक सेयर (आईपीओ)मा आवेदन दिन सकिनेछ। मोबैंक एप प्रयोगकर्ताले कार्डविनै एटीएमबाट नगद रकम झिक्न सकिने सुविधाको प्रयोग गर्न सक्ने र एपमा रहेको ‘कस्टोमर केयर’बाट ग्राहकहरूले आफ्ना समस्या यथाशीघ्र समाधान गराउन सक्नेछन्। 

आईसर्भ : यस वेबसाइट (यहाँ क्लिक गर्नुहोस्) मार्फत मोबाइल बैंकिङ्ग सेवाहरू (नयाँ आवेदन, अनब्लक, ब्लक तथा पिन÷पासवर्ड रिसेट), ग्राहक सम्बन्धी सेवाहरू (ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो शेयर तथा सिआरएन आवेदन, बचत योजना परिवर्तन र स्टप चेक पेमेन्ट, टेलर सेवाहरू (नगद तथा चेक डिपोजिट भौचर भर्ने) र कार्डसम्बन्धी सेवाहरू (ई–कमर्स दर्ता, कार्ड ब्लक, कार्ड आवेदन, प्रिपेड डलर कार्ड आवेदन, डेबिट कार्ड रिप्लेसमेन्ट आवेदन र इन्स्टा बाई) ग्राहकहरूले सरल तरिकाले लिन सक्नेछन्।

वेबसाइट : बैंकको वेबसाइट (यहाँ क्लिक गर्नुहोस्) बाट ग्राहकहरूले बैंकबारे अधिकतम जानकारीहरू लिन सक्नेछन्। यसमा अनलाइन खाता आवेदन, अनलाइन आईपीओ आवेदन, लोन बेनिफिट क्याल्कुलेटर, ईएमआई क्याल्कुलेटरलगायत बैंकका अन्य सेवा सुविधाको जानकारीको साथै बैंकका पछिल्ला योजनाहरू, सूचना लगायत बैंकले राख्ने विभिन्न वित्तीय विवरणहरूबारे यथेष्ट जानकारी प्राप्त गर्न सकिनेछ।

इन्टरनेट बैंकिङ : यसमार्फत अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, मोबाइल टपअप, युटिलीटि बिल भुक्तानी लगायतका सुविधाहरू उपभोग गर्न सकिने बैंकले जनाएको छ।

बृहत भौतिक शाखा सञ्जालका साथै आधुनिक डिजिटल च्यानलहरूमार्फत सहज, सबल, गतिशील, विश्वसनीय एवं उत्तरदायी बैंकिङ्गको नाता स्थापित गर्न सफल यस बैंकले ग्राहक महानुभावहरूको सुविधा एवं डिजिटल बैंकिङ्गमा ग्राहकलाई अभ्यस्त पार्ने उद्देश्यअनुरुप ल्याएको यस निःशुल्क प्रयोग सुविधा एनसेलका ग्राहकहरूलाई उपलब्ध हुनेछ। 

बैंकले ल्याएको यस नवीन सुविधाले धेरैभन्दा धेरै ग्राहक महानुभावहरूलाई डिजिटल कारोबारमा अभ्यस्त पार्नुका साथै सिंगो देशमा डिजिटल बैंकिङ्गको प्रबद्र्धनमा थप टेवा मिल्ने बैंकले विश्वास लिएको छ। 

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले यस बैंकले पछिल्लो समय ग्राहक महानुभावलाई जुनसुकै स्थानबाट, जुनसुकै समयमा बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प बैंकिङ्गको अभ्यासलाई आईसर्भमार्फत अघि बढाइरहेको छ। 

साथै, बैंकले भौतिक रुपमा प्रवाह गरिरहेको ग्राहक सेवाहरू डिजिटल रुपमा उपभोग गर्न मिल्ने हिसाबले ष्क्भचखभ प्लाटफर्मको विकास गरी एनआईसी एसिया मोबैंक तथा बैंकको वेबसाइटबाट उक्त सेवाहरू अनलाईनमार्फत लिन सकिने सुविधा प्रदान गरेको छ। 
 
बैंकको मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटीएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ्गमार्फत सेवा प्रदान गर्दै आएको छ। बैंकमा २७ लाख ३६ हजारभन्दा बढी निक्षेप खाता एवं ९१ हजारभन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजारभन्दा बढी खाताहरू रहेका छन्।

गाउँ सहर संवाददाता

तपाईँको मत