अर्थतन्त्र

लघुवित्त वित्तीय संस्थाहरूलाई गाभ्न/गाभिन वा प्राप्तिमा जान २०७९ असार मसान्तभित्र कार्ययाेजना पेश गर्न निर्देशन

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७७ मा संशोधन गरेकाे छ ।

नयाँ संशाेधनअनुसार क्रस हाेल्डिङ्ग हुने गरी लगानी गरेकाे संस्थापक समूहकाे सेयर उल्लेख छ ।

निर्देशनमा १० प्रतिशत भन्दा बढी सेयर स्वामित्व रहेका संस्थाहरूबीच एक आपसमा र/ वा इजाजतप्राप्त एक भन्दा बढी क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाकाे ५१ प्रतिशत भन्दा बढी सेयर स्वामित्व रहेका लघुवित्त वित्तीय संस्थाहरूले गाभ्न/गाभिन वा प्राप्तिमा जान २०७९ असार मसान्तभित्र कार्ययाेजना पेश गर्न भनिएकाे छ ।

परिपत्र नं. ४(घ): नेपाल राष्ट्र बैंकबाट “घ” वर्गकाे इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७७ मा संशोधन(१) यस्ताे छः

 

गाउँ सहर संवाददाता